कृष्ण अन्जान, गुल्मी। रुरुक्षेत्र गाउँपालीका गुल्मीले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रमको लागी स्थानिय सरोकारवाला संग सुझाब संकलन गरेको छ ।
कार्यक्रममा सहभागी स्थानिय संध संस्था तथा राजनैतिक दलका प्रमख तथा प्रतिनिधिहरुले मोटरबाटोको स्तरउन्नती, स्वास्थ्य, शिक्षा तथा कृषीमा विशेष निति निमार्ण गरि दिगो विकासको लागी सुझाव दिएका थिए । स्थानियले मौखिक,लिखित र ईमेल मार्फत ६० बढी सुझब दिएका थिए ।
कार्यक्रममा गाउपालीकाका पुर्व अध्यक्ष निलकन्ठ गौतमले सामुहिक हित हुने कार्यक्रमहरु मिलाएर निति निमार्ण गर्न सुझाव दिएका थिए ।
प्रदेशका पुर्व सांसद कमलराज श्रेष्ठले उत्पादन अति न्युन भएकाले बजारको समस्या रहेको बताउदै, पकेट क्षेत्र निमार्ण गरि उत्पादन गर्ने नीति बनाएर प्रयाप्त उत्पादन गर्न सके बजारको समस्या नहुने सुझब दिए ।
गाउपालिका अध्यक्ष यदु ज्ञवालिले सबैको अपनोत्व हुने गरि आवस्यक्ताको आधारमा काम गर्ने गरि नीति बनाउने र आगामी बजेट सिलिङ हुने समय सम्म पनि सुझाव तथा रचनात्मक सहयोग, निति र बजेटमा समाबेस गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सोही अबसरमा १ बर्षको गाउपालिकाको उपलब्धिका विषयमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिबेदनमा स्वास्थ शिक्षा पुर्वाधार निर्माण लगायतका विषयमा गाउपालिकाले १ सय ५२ उपलब्धी प्राप्त गरेको बताए ।
गुणस्तरीय शिक्षाको लागि बिध्यालय समायोजन, नव पर्वद्धन कार्यक्रम मार्फत सैक्षिक सुधार प्रयासको सुरुवात र स्वास्थ क्षेत्रमा थप सेवा बृद्धी ,रेबिज तथा लम्की स्किन बिरुद्द गाउपालिकाको तर्फ बाट भएको पहल देखि मोटरबाटो स्तर उन्नती, ३ किलोमीटर भन्दा बढी मोटरबाटो कलोपत्रे गरिएको ,पहुच मार्ग ग्राभेल तथा तटबन्द नालि निर्माण, विभिन्न बिधालय तथा सघ सस्थाको भवन निर्माण र प्रसासकिय भवनबाट यसै आर्थिक बर्षमा सेवा प्रवाह गरिने सम्मका उपलब्धि सार्वजनिक गर्नु भयो।यस आर्थिक बर्षमा गाउपालिकाले अन्य पालिकाको तुलनामा धेरै बजेट प्राप्त गरि योजनाहरु सम्पन्न गरेको दाबी गरे ।
कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत मधु कृष्ण पौडयालले स्वागत र कार्यक्रमको सहजीकरण दामोदर ज्ञवालीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology