Logo

२०८३, श्रावण ३०गते


images
images

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

images
  • प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् ।

    images
    images
    images

    नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् ।

    images
    images
    images

    मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन ।

    images
    images
    images

    टोलीमा भौतिक पूर्वाधारमन्त्री , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र एनपी साउँद, अर्थ प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाललगायत रहनेछन् ।

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ यही जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

    परराष्ट्रमन्त्री एनपी राउँदका अनुसार भ्रमणका क्रममा दुई देशबीचको सम्बन्धलाई ज्यादा प्रगाढ बनाउन प्रयत्न रहने बताएका छन् ।

    ब्यापार तथा पारवहन, हवाई तथा स्थल यातायात, भौतिक पूर्वाधार विकास, आर्थिक सहयोग र ऊर्जाका मुद्दामा बढी जोड दिइने उनको भनाइ छ ।

    भ्रमणका क्रममा पञ्चेश्वर परियोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा समेत टुंगोमा पुग्न प्रयास गर्ने मन्त्री साउदले जानकारी दिए ।

    प्रधानमन्त्री प्रचण्डले पनि भ्रमणमा सके राम्रो गर्ने नसके कुनै नराम्रो काम नहुने बताउँदै आएका छन् ।

    यतिबेला भारतको संसदमा राखिएको नक्सामा नेपाली नाम राखिएको विषयले पनि चर्चा पाएको छ । उक्त विषयमा पनि कुरा उठाउन भ्रमण टोलीलाई दबाब सिर्जना भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।