Logo

२०८३, श्रावण ३१गते


images
images

मणिपाल अस्पतालले महानगरलाई तिर्‍यो २ करोड ८४ लाख रुपैयाँ कर अझै ८ करोड तिर्न बाँकी 

मणिपाल अस्पतालले महानगरलाई तिर्‍यो २ करोड ८४ लाख रुपैयाँ कर अझै ८ करोड तिर्न बाँकी 

images
  • मणिपाल अस्पतालले महानगरलाई तिर्‍यो २ करोड ८४ लाख रुपैयाँ कर अझै ८ करोड तिर्न बाँकी 
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा लामो समयको विवादपछि अन्ततः मणिपाल शिक्षण अस्पतालले ३२ रोपनी क्षेत्रफलको भूमि तथा मालपोत कर बुझाएको छ ।

    images
    images
    images

    महानगरका अनुसार मणिपालले भवन नक्सा पास अन्तर्गतको १ करोड ७५ लाख र भूमि तथा मालपोत अन्तर्गतको १ करोड ९ लाख रुपैयाँ महानगरले बुझाएको हो ।

    images
    images
    images

    ०४९ कात्तिक २ गतेबाट सञ्चालनमा आएको मणिपाल शिक्षण अस्पताल र पोखरा महानगरबीच लामो समयदेखि राजश्व विवाद कायम थियो ।मणिपाल अस्पतालले बुझाउनुपर्ने राजश्वबारे गोलमटोल भएपछि महानगरले गत माघमा छानविन समिति नै गठन गरेको थियो ।

    images
    images
    images

    राजश्व परामर्श समिति सदस्यसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो ।उक्त समितिले मणिपालले १० करोड ४ लाख ९२ हजार रुपैयाँ बुझाउन बाँकी रहेको प्रतिवेदन पेश गरेको थियो ।

    कार्यपालिकामा प्रतिवेदन पेश भइसकेपछि सोहीअनुसार मणिपालसँग राजश्व असुलका लागि तोकता गरिएको महानगरको भनाइ छ ।प्रतिवेदनले देखाएबमोजिम मणिपालले पूरा राजश्व भने बुझाएको छैन । आफ्नो नाममा रहेको ३२ रोपनी क्षेत्रफलको मात्रै भूमिकर बुझाएको तर, नेपाल सरकारसँग भाडामा लिएको १ सय ६१ रोपनीको कर तिर्न अझै बाँकी रहेको महानगरले जनाएको छ 

    पोखरा महानगर राजश्व महाशाखा प्रमुख पण्डितले मणिपालले अझै करिब ८ करोड रुपैयाँ राजश्व महानगरलाई बुझाउ बाँकी रहेको तर, दिन आनाकानी गरिरहेको जानकारी दिए ।

    ‘त्योबेला रक्षा मन्त्रालय के सहमति भयो भन्ने हामीलाई थाहा छैन । तर, ऐनले नै स्थानीय तहले मालपोत कर उठाउनु भनेकाले हामीले त्यो उठाउनैपर्छ,’ पण्डितले भने, ‘यसबारे हामीले छलफल पनि गरिरहेका छौं । महानगरले त्यो राजश्व पाउनुपर्छ भन्ने हो ।’

    मणिपाल अस्पतालजस्तै पोखराका ६० भन्दा बढी व्यक्ति तथा ठूला व्यावसायिक संघसंस्था तथा व्यक्तिबाट पोखरा महानगरले १० करोड रुपैयाँभन्दा भूमि तथा मालपोत कर असुल्न बाँकी छ ।

    महालेखाको हालै प्रकाशित प्रतिवेदनले पोखराका मणिपालसहित हरियोखर्क अस्पताल, भाटभटेनी सुपरमार्केट, गण्डकी मेडिकल कलेज, नेपाल विद्युत प्राधिकरण, कृषि सामग्री लिमिटेड, फुलबारी रिसोर्ट, पोखरा उद्योग वाणिज्य संघलगायतबाट मालपोत कर उठाउन बाँकी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मणिपाल अस्पताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।