Logo

२०८३, श्रावण ३१गते


images
images

उद्योग वाणिज्य संघका सदस्यलाई मणिपाल अस्पतालमा विशेष छुट

उद्योग वाणिज्य संघका सदस्यलाई मणिपाल अस्पतालमा विशेष छुट

images
  • उद्योग वाणिज्य संघका सदस्यलाई मणिपाल अस्पतालमा विशेष छुट
    images
    images

    पोखरा ।  पोखरा उद्योग वाणिज्य संघका सदस्यहरुले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् ।संघ र मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै संघका साधारण सदस्यहरुले सो सुविधा पाउने भएका हुन् ।

    images
    images
    images

    पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति तथा मणिपाल शिक्षण अस्पताल पोखराका निर्देशक डा. अभिषेक मास्केबीच भएको सम्झौता अनुसार अब संघका सदस्यहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन । 

    images
    images
    images

    यसैगरी संघका सदस्यले मणिपालको साधारण बेडमा २५ प्रतिशत,निशुल्क डाक्टरी परामर्श,साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन् । ‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छु्ट दिइनेछ,’सम्झौतापत्रमा भनिएको छ,‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार नियमित जाँचमा रगत, पिसाब,इसीजी, एक्सरे,युरिक एसीड,थाइराइड,युएसजीलगायत अस्पतालले प्रदान गर्ने सेवाहरु रहेका छन् । ‘हाम्रा साधारण सदस्यहरुलाई थोरै भएपनि सहुलियत प्रदान गरौँ भन्ने हेतुले यो सम्झौता गरिएको हो’,अध्यक्ष प्रजापतिले भने,‘हामीले मणिपाललाई हाम्रा साधारण सदस्यहरुले संघले प्रदान गरेको परिचयपत्रकै आधारमा यो सेवा पाउनुहुनेछ । 

    images
    images
    images

    हामीले त्यसको जानकारी अस्पतालाई गराइसकेका छौँ ।’ संघका महासचिव बलराम आचार्यका अनुसार यो सम्झौताको अवधि एक वर्ष रहेको छ । २०७९ साल माघ ३ गतेबाट कार्यान्वयनमा आएको सम्झौत अर्को वर्षको माघ २ गतेसम्म कायम रहने छ । त्यसपछि पनि सम्झौता नवीकरण गरिने महासचिव आचार्यले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।