Logo

२०८३, श्रावण ३१गते


images
images

पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग

पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग

images
  • पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको चर्को पार्किङ शुल्क घटाउन माग गरेको छ । यसका साथै संघले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुराउन जाँदा बिदाई र आगन्तुक अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

    images
    images
    images

    संघका अध्यक्ष पवनकुमार प्रजापतिसहितको प्रतिनिधिमण्डले नागरिक उड्डयन प्राधिकरण,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका निर्देशक विक्रम गौतमलाई ध्यानाकर्षण पत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झण्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको जिकिर गरिएको छ ।

    images
    images
    images

    अध्यक्ष प्रजापतिबाट हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विमानस्थल निर्माणको सूत्रधार,अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग यस संघको गहिरो चासो जोडिएको उल्लेख गर्दै राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवाह हुने सेवा–सुविधाहरु साँच्चिकै अन्तर्राष्ट्रिय स्तरकै हुनुपर्नेमा जोड दिइएको छ । सेवा प्रवाहबाटै विमानस्थलले उपभोक्ताको मन जित्नुपर्नेमा संघको जोड छ ।

    images
    images
    images

    ‘विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा व्यवस्थित पार्किङ अपरिहार्य हुन्छ नै,’ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ यसो भनिरहँदा सो सेवा सस्तो,सुलभ एवं नागरिक मैत्री हुनैपर्छ ।यसका अलावा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रबन्धमा पनि हाम्रो उत्तिकै चासो रहेको व्यहोरा पनि यहाँलाई स्मरण गराउँछौं ध्यानाकर्षण पत्र बुझ्दै विमानस्थल प्रमुख विक्रम गौतमले पार्किङ शुल्क महँगो भएको स्वीकारे ।

    उनले विमानस्थल प्रशासन यात्रु ल्याउने–लैजाने कार्यमा सहजीकरण गर्न तयार रहेको राजमार्गसम्म निशुल्क वा सशुल्क बस सेवा संचालन गर्ने तयारीमा रहेको बताए । अध्यक्ष प्रजापतिको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य,कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला र उपमहासचिव शोभा गौतम सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।