Logo

२०८३, श्रावण ३१गते


images
images

चार्डपर्वमा यथासक्य छुट सहित सामान विक्रि गर्न आग्रह

चार्डपर्वमा यथासक्य छुट सहित सामान विक्रि गर्न आग्रह

images
  • चार्डपर्वमा यथासक्य छुट सहित सामान विक्रि गर्न आग्रह
    images
    images

    पोखरा । पोखरा उद्योग वाणिज्य संघले चाडबाडलाई लक्षित गरी आफ्ना उत्पादन र सेवाहरुमा यथासक्य छुटको व्यवस्था गर्न र गुणस्तरीय बस्तुहरुको बिक्री–बितरणको व्यवस्था मिलाउनको लागि उद्योगी/व्यवसायीहरुलाई अनुरोध गरेको छ ।

    images
    images
    images

    संघका महासचिव बलराम आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा कानूनले तोकेभन्दा बढी मुनाफा नलिन,उपभोक्ता अधिकारप्रति सचेत रहन आग्रह गर्दै म्याद गुज्रेका सामान खरिद–बिक्री नगर्न पनि आग्रह गरिएको छ ।

    images
    images
    images

    विज्ञप्तिमा चाडबाडको समयमा ‘मौषमी’ रुपले गरिने बजार अनुगमनबाट व्यवसायीहरुले असजह महसुस नगराओस् भन्दै अगाडि भनिएको छ,‘ समयमा उपभोक्ता हितबारे सचेतनामूलक कार्यक्रम संचालन नहुनु,दुकान–कबलमा भीडभाड भएको बेला अनुगमन गरिनु तथा मानवीय स्वभाव वा असावधानीवशः भएका सामान्य त्रुटिमा टेकेर व्यवसायीको चरित्रहत्या हुने गरी प्रचार–प्रसार गराउनुलाई न्यायोचित मान्न नसकिने हाम्रो ठहर छ ।’ विज्ञप्तिमा उद्योगी/व्यवसायीहरुको मानमर्दन हुने खालका व्यवहार नगर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण पनि गराइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।