Logo

२०८३, श्रावण ३१गते


images
images

कोभिडकालीन छुट गर्न बैंक र भाडा तिर्न व्यवसायी राजी

कोभिडकालीन छुट गर्न बैंक र भाडा तिर्न व्यवसायी राजी

images
  • कोभिडकालीन छुट गर्न बैंक र भाडा तिर्न व्यवसायी राजी
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा उद्योग वाणिज्य संघले नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा ९ पृथ्वीचोकमा रहेको व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीहरुबीचको विवाद सहमतिमा टुंग्याएको छ ।

    images
    images
    images


    बैंकको प्रादेशिक कार्यालय पोखराले त्यहाँका व्यवसायीहरुले सहमति अनुसारको भाडा नतिरेको दाबी गरेको थियो भने व्यवसायीहरुले कोभिड–१९ को समयमा घोषित भाडा छुटको निर्णय कार्यान्वयन नभएको गुनासो गर्दै आइरहेका थिए । विवाद बढ्दै जाँदा बैंकले भाडा असुलीको लागि कानूनी बाटो समात्दै ऋणीहरुको नाम संचारमाध्यममार्फत् सार्वजनिक गरेको थियो ।

    images
    images
    images

    बैंकले बक्यौता बुझाउने अन्तिम मिति यही असार २५ गते ११ बजेसम्मलाई तोकेपछि त्यहाँका व्यवसायीहरुले सहजीकरणको लागि पोखरा उद्योग वाणिज्य संघमा रहेको हेल्प डेक्समा लिखित आग्रह गरेका थिए । उता, बैंक व्यवस्थापन पनि सहजीकरणको लागि पोखरा उद्योग वाणिज्य संघको मध्यस्थता स्वीकार्दै वार्तामा बस्न राजी भएको थियो ।

    images
    images
    images


     संघका हेल्प डेस्क संयोजक गोकर्ण कार्कीका अनुसार समस्याको गाँठो फुकाउनकै लागि नेपाल बैंक लिमिटेडका सहायक कार्यकारी निर्देशक प्रकाशकुमार अधिकारी स्वयं पोखरा आएका थिए ।  पोखरा उद्योग वाण्ज्यि संघका अध्यक्ष पवनकुमार प्रजापति तथा महासचिव बलराम आचार्य, बैंकका सहायक कार्यकारी निर्देशक अधिकारी, गण्डकी प्रदेश प्रमुख सचिता पराजुली,उपप्रबन्धक ध्रुव पौडेल,वरिष्ठ सहायक चीरञ्जिवी अधिकारी र बजार व्यवस्थापक श्रीकला काफ्ले, व्यावसायिक भवनमा सटर भाडामा लिइ व्यवसाय गर्ने व्यवसायीहरुबीच भएको लामो छलफलपछि सहमतिको बाटो खुलेको हो ।


     सहमति अनुसार व्यवसायीहरुले कोभिड १९ को अवधिमा दिने भनिएको छुटबाहेकको भाडा रकममध्येको न्यूनतम ५० प्रतिशत  असार २६ गते र बाँकी असार ३१ गतेसम्म बुझाउने सहमति भयो । तर, यसमा २०७७ सालमा बढाइएको भाडा र त्यसमा लगाइएको जरिबाना समावेश नगर्न पनि बैंक र व्यवसायी राजी भएका छन् । यस्तै बैज्ञानिक भाडा दर कायम एबम् भाडा समायोजन सम्झौता अनूसार वृद्धि हुनुपर्ने भाडा दरमा लागेको जरिबाना मिनाहा गर्नको लागि पोखरा उद्योग वाणिज्य संघ,व्यवसायी र बैंकको पोखरा कार्यालयले केन्द्रीय कार्यालयमा लिखित अनुरोध पठाउने, म्याद समाप्त भएका व्यावसायिक फर्महरुको नवीकरणको अनुरोध गर्ने, कुनै पनि रकम भुक्तानी नगर्ने व्यावसायिक फर्महरुका सम्बन्धमा नियमानूसार कानूनी कारवाही अघि बढाउने, अन्य कुराको हकमा व्यवसायी र बैंकबीच २०७५ साउन १५ मा भएको सम्झौता अनुसार अगाडि बढ्ने सहमति भएको छ ।


     सहमतिमा बैंकका प्रतिनिधि तथा व्यवसायी दुबैपक्षबाट हस्ताक्षर गरिएको जनाउँदै पोउवा संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले सहमति कार्यान्वयनमा सहजीकरणको लागि क्रियाशिल रहने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।