Logo

२०८३, कार्तिक २५गते


images
images

काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

images
  • काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आज(बिहीबार)देखि सुरु भएको शैक्षिक मेला प्रक्रिया पुरा नगरेको भन्दै रोकेको छ ।

    images
    images
    images

    प्रक्रिया पुरा नगरेकोले रोकिएको र आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन गर्न दिइने मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिएका छन् ।

    images
    images
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति लिने क्रममा स्थानीय तहसँग पनि सहमति लिनु भनेको थियो । तर, अनुगमनको क्रममा काठमाडौँ महानगरपालिकासँग सहमति नलिएको उनको भनाई छ ।

    images
    images

    त्यस्तै कक्षा १० र १२ को नतिजा सार्वजनिक नभई अग्रिम भर्ना लिन नपाउने कानुनी व्यवस्था छ । तर, शैक्षिक मेलामा विद्यार्थीहरूलाई अग्रिम रसिद दिएर पछि भर्ना खुलेको छुट पाउने भन्दै दिने गरेको पाइएकोले मेलालाई रोक लगाइएको उनको भनाई छ ।उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूका लागि हिसानले एडुफेयर शैक्षिक मेलाको आयोजना गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शैक्षिक मेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।