Logo

२०८३, श्रावण २७गते


images
images

विद्यार्थीको सिकाइ, संस्कार र क्षमता बृद्धि गर्न ज्ञान ज्योतिमा शैक्षिक मेला

विद्यार्थीको सिकाइ, संस्कार र क्षमता बृद्धि गर्न ज्ञान ज्योतिमा शैक्षिक मेला

images
  • विद्यार्थीको सिकाइ, संस्कार र क्षमता बृद्धि गर्न ज्ञान ज्योतिमा शैक्षिक मेला
    images
    images

    देवदह ।  रुपन्देहीको देवदह नगरपालिका -८ मा रहेको ज्ञानज्योती माध्यमिक विद्यालयमा विद्यार्थीको सिकाइ, संस्कार क्षमता प्रवर्द्धन गर्न एकदिने शैक्षिक मेला सम्पन्न भएको छ । विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटन गरि घर, समुदाय तथा विद्यालयमा सिकाइ, संस्कार प्रवद्धन गरी बालबालिकाको आनीबानीको विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।

    images
    images
    images

    शैक्षिक मेलाको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले बालबालिकाको शैक्षिक गुणस्तर बढाउन मेलाले निकै महत्व राख्ने बताए ।देवदह नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भौतिक संरचना निर्माणका लागि नगरपालिका प्रतिबद्द रहेको बताउंदै नगर प्रमुख खरेलले देवदहलाई शैक्षिक हव बनाउन सबै मिलेर लाग्नुपर्ने बताए। 

    images
    images
    images

    शैक्षिक संस्था रहेका १ सय मिटर क्षेत्र वरपर मदिरा तथा सूर्तिजन्य पदार्थ विक्री वितरण गर्न नपाइने मापदण्ड रहेकोले विद्यालय क्षेत्र वरपर त्यस्ता वस्तु खरिदबिक्री नगर्न आग्रह गर्दै नगर प्रमुख खरेलले अनुगमनका क्रममा भेटिए कानुनि दायरामा ल्याइने बताए। 

    images
    images
    images

    साथै शैक्षिक मेलाले विद्यालयमा पठन संस्कृतिको विकास र शैक्षिक विकास हुने विश्वास समेत उनले व्यक्त गरे।

    विद्यालयका प्रधानाध्यपक विन्दु श्रेष्ठले शैक्षिक मेलाले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रष्फुटनका निमित्त शैक्षिक मेलाको आयोजना गरिएको बताए। शैक्षिक मेलाले विद्यालयको शैक्षिक गुणस्तर बढाउन बालबालिकाको पढ्ने बानीको विकास गरी शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीको अतिरिक्त क्रियाकिलपमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको समेत प्रधानाध्यपक श्रेष्ठले बताइन। 

    मेलामा विद्यार्थीका क्रियाकलाप, शैक्षिक सामग्री स्टल, विद्यार्थीले बनाएको बिभिन्न शैक्षिक समाग्रीको प्रदर्शनी, बिज्ञान प्रयोगशाला, गरी जम्मा ६ वटा स्टल राखिएको थियो । शैक्षिक मेला देवदहका ६ वटा सामुदायिक विद्यालयमा संचालन हुनेछन्। 

    कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रबक्ता एवं देवदह नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष गणेश डुम्रे, वडा नम्बर ८ का अध्यक्ष हरि पाण्डे, महामाया भवानी माध्यमिक विद्यालयका प्राचार्य ऋषिश्वर अर्याल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरि केसी कालिका टोल विकास संस्थाका संयोजक शेर बहादुर तामांग लगायले बोल्दै शैक्षिक मेलाको सफलताको शुभकामना व्यक्त गरेका थिए। 

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर पुनको अध्यक्षता र शिक्षक विष्णु पाण्डेको संचालनमा सम्पन भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।