Logo

२०८३, आश्विन १०गते


images
images

फेवातालकाे  जग्गा मिचेर बनाईएका सँरचना हटाउन सर्वोच्चकाे फैसला 

फेवातालकाे  जग्गा मिचेर बनाईएका सँरचना हटाउन सर्वोच्चकाे फैसला 

images
  • फेवातालकाे  जग्गा मिचेर बनाईएका सँरचना हटाउन सर्वोच्चकाे फैसला 
    images
    images

    पाेखरा । फेवातालको जग्गा मिचेर बनाएको अवधै संरचना भत्काउन सर्वोच्च अदालतले फैसला सुनाएको छ ।

    images
    images
    images

    तालको मापदण्द मिचेर भौतिक संरचना बनाएकाले भत्काउन माग गर्दै अधिवक्ता खगेन्द्र सुवेदीको दायर गरिएको दोस्रो मुद्दामा न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासले ६५ मिटरभित्र निर्माण भएका सबै संरचना भत्काउन परमादेश जारी गरेको हो।

    images
    images
    images

    सर्वोच्चले यसअघि पनि अवैध संरचना अध्ययन गरी भत्काउन भनेको थियो। फेवातालको जग्गा कब्जा गरी भू–माफिया र होटलवालाहरुले रिर्सोट लगायतका संरचना बनाएका थिए। फेवाताल अतिक्रमणविरुद्ध लामो समय देखि सुवेदी सर्वोच्चमा मुद्दा लडिरहेका थिए।

    images
    images
    images

    सर्वोच्चमा मुद्दा विचाराधीन हुँदै गर्दा तत्कालीन मेयर मानबहादुर जिसीले मापदण्ड घटाएका थिए। उनले ६५ मिटरको सट्टा ३० मिटरमात्र कायम गर्ने निर्णय गरेपछि विवाद भएको थियो। उक्त निर्णयमा पनि सर्वोच्चले बदर गर्दै ६५ मिटर नै कायम गर्न आदेश गरेको छ।

    सर्वोच्चको यो आदेशपछि फेवाताल किनाराका सबै अवैध संरचना भत्काउने बाटो खुलेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेवाताल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।