सुमन गाहा, पाल्पा । माथागढी गाउँपालिकाका महिला मागमा आधारित कार्यक्रम अन्तरगत ५३ जना महिलाले चुरा बनाउने तालिम लिएका छन् । गाउँपालिकाको आयोजनामा माथागढी गाँउपालिका वडा नं.५ हात्तिलुङमा चलेको ५ दिने तालिममा सहभागी महिलाहरुले सीप सिकेर चुरा बनाउन सक्ने भएका हुन ।
गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले गाउँपालिकाले नागरिकको जीवनस्तर सुधारका लागि सीपमूलक कार्यक्रम संचालन गरेको बताउनुभयो । गाँउपालिकाका उपाध्यक्ष भट्टराईले सीपअनुसारको काम गरे आर्थिक रुपमा बलियो बन्न सहज हुने बताउनुभयो ।
तालिममा माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले सिकेको सीप व्यवहारमा लागू गरे आर्थिक आर्यआर्जनमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा माथागढी गाँउपालिका ५ का वडा अध्यक्ष बेल बहादुर ढेंगाले गाउँपालिकाले लक्षित बर्ग अन्तर्गत विभिन्न समुदाय तथा बर्गमा जीवन निर्बाहमुखी तालिममा जोड दिइएको बताउनुभयो ।
तालिममा सहभागी थमीसरा आलेले तालिम अत्यन्त फलदायी भएको र अब आफुहरुले व्यावसायिक रुपमा काम गर्ने बताउनुभयो। तालिममा तुलसा गैरेले सहजिकरण गर्नुभएको थियो । तालिम समापन कार्यक्रम वडा नं.५ का महिला समुहका अध्यक्ष कृष्णा सारूको अध्यक्षता, महिला समुहका सदस्य चुना चोहानले सञ्चालन गर्नुभएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology