Logo

२०८३, श्रावण ३०गते


images
images

प्रदेश सभालाई अझै स्वायत्त र सबल बनाउनुपर्छ : सभामुख घर्ती

प्रदेश सभालाई अझै स्वायत्त र सबल बनाउनुपर्छ : सभामुख घर्ती

images
  • प्रदेश सभालाई अझै स्वायत्त र सबल बनाउनुपर्छ : सभामुख घर्ती
    images
    images

    बुटवल । लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभालाई अझै स्वायत्त र सबल बनाउनु पर्ने आवश्यकता औल्याएका छन् । 

    images
    images
    images


    ६५ औँ संसद् दिवसको अवसरमा शनिवार शुभकामना सन्देश जारी गर्दै उनले  संसदको  गरिमा र आवश्यकताको महत्व बोध गरी शक्ति पृथकीकरणको संसदीय सिद्धान्त   अनुरुप विधायीकाको समेत कार्य गर्ने प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्ने जनाएका हुन्। 

    images
    images
    images

    सभामुख घर्ती मगरले नेपालको राजनीतिक परिपेक्ष्यमा यसको छुट्टै गरिमा र महत्व रहेको जनाउदै संसदको गरिमालाई बचाउदै जनताको समस्यालाई मुखरीत गरी प्रदेश सभाप्रति विश्वास दिलाउन सकिने बताएका छन्।  

    images
    images
    images

    विसं २०१६ असार १६ गते नेपालको पहिलो ‘संसद्’को बैठक बसेको थियो । प्रथम संसद्ले १८ महिना पार नगर्दै विसं २०१७ मा संसदीय व्यवस्था विघटन भयो । २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भई प्रतिनिधिसभा र राष्ट्रियसभा ‘संसद्’ को पुनःबहाली भयो । हाल प्रतिनिधिसभा र राष्ट्रियसभा सहितको द्विसदनात्मक ‘सङ्घीय संसद्’ कार्यान्वयनमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।