Logo

२०८३, श्रावण ३०गते


images
images

सरकार कसैले ढाल्न सक्दैन:प्रधानमन्त्री प्रचण्ड

सरकार कसैले ढाल्न सक्दैन:प्रधानमन्त्री प्रचण्ड

images
  • सरकार कसैले ढाल्न सक्दैन:प्रधानमन्त्री प्रचण्ड
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा  प्रधानमन्त्री प्रचण्डले  गठबन्धनको सरकार पाँच वर्ष चल्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले वर्तमान सरकार कसैले ढाल्न नसक्ने दावी गरे ।

    images
    images
    images

    प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कामले थप तीव्रता पाउने बताए । भ्रष्टाचार देशको विकराल समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण वा ललिता निवास प्रकरण यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए ।

    images
    images
    images

    ‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ’ उलने भने, ‘सरकार कमजोर भएको छैन । यस्तै परे सरकार पुनः पहिलेकै जस्तो ९९ प्रतिशत समर्थन सरकारले पाउने सम्भावना छ ।’

    images
    images
    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी एकताका लागि ठोस पहल भइरहेको बताए । उनले समाजवादी मोर्चामा भएका दलहरुबीच पार्टी एकिकरणको प्रयास गरिने बताए । अन्य विचार मिल्ने पार्टीसंग पनि एकतातिर जाने छलफल चलिरहेको छ ।

    भारत भ्रमण सफल भएको र छिट्टै चिन भ्रमणमा पनि राष्ट्रिय हितको विषयमा महत्वपूर्ण संझौता हुने प्रधानमन्त्रीले  विश्वास व्यक्त गरे ।
    मुख्यमन्त्रीहरुसंगको बैठक र राष्ट्रिय समन्वय परिषद्को बैठकले संघीयतामा देखिएका समस्या समाधान हुने दावी प्रधानमन्त्रीले गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।