काठमाडौं। पार्टी विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेका बेला एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रचण्ड आज केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जलि लिन जनकपुर गएका थिए। जनकपुरबाट फर्किएपछि प्रचण्ड कोटेश्वर पुगेका हुन्।
पछिल्लो समय एमाले विवाद समाधानका लागि कार्यदल सक्रिय भएको छ। पार्टी विवाद समाधान भए नेता नेपालले विपक्षी गठबन्धनबाट बाहिरिने छन्। यस्तो अवस्थामा प्रचण्ड नेता नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका हुन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology