काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५८५ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार ५०३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७१८ जना र ५ हजार ८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृ'त्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृ'त्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology