Logo

२०८३, आश्विन १०गते


images
images

फितलाे लकडाउनका कारण गुल्मीमा तिव्र गतिमा कोरोना सङक्रमण फैलियो

फितलाे लकडाउनका कारण गुल्मीमा तिव्र गतिमा कोरोना सङक्रमण फैलियो

images
  • फितलाे लकडाउनका कारण गुल्मीमा तिव्र गतिमा कोरोना सङक्रमण फैलियो
    images
    images

    गुल्मी । गुल्मीमा काेराेना सङक्रमण दर दिनप्रतिदिन तिव्र गतिमा फैलिएको छ ! जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निषेधाज्ञालाई जिल्लालाई ३१ गतेसम्मका लागि लम्बाउने निर्णय गरेको छ । यो सहित जिल्लामा ८ औं पटक निषेधाज्ञा थपिएको हो ।यही अवस्थामा नै लकडाउन लम्ब्याउने समितिले निर्णय गरेको हो ।

    images
    images
    images

    यसभन्दा अघि जारी गरिएको निषेधाज्ञा आज राती १२ बजेबाट सकिँदै छ । यही अवस्था भनेको निषेधाज्ञा समय अवधिभर व्युटिपार्लर र सैलुन बहेकका सम्पूर्ण पसल बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म खोल्न पाउने निर्णय भएको छ ।

    images
    images
    images

    जिल्लाभित्र निर्माण सामग्री बोक्ने जिप, टिपर, ट्याक्टर र पुस्तक तथा कृषि जन्य पदार्थ सुरक्षा सावधानि अपनाएर चल्ने पाउनेछन् । बैँक तथा सहकारी संस्था, बिमा कम्पनी बिहान १० बजे देखि ३ बजेसम्म कार्यालयबाट मात्र सेवा दिने गरि सुरक्षा सावधानी अपनाएर सञ्चालन गर्न पाइने छ ।

    images
    images
    images

    जिल्ला बाहिरबाट निर्माण, पुस्तक र कृषि जन्य पदार्थ तथा खाद्यान्न ढुवानी गर्दा सम्बन्धित जिल्लाका नियम प्रबन्ध मिलाएर सञ्चालन गर्ने र अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

    तर पटकपटक थपिएको निषेधाज्ञाले संक्रमण नरोकिएको र निषेधाज्ञा फितलो भएको नागरीकबाट गुनासो आउन थालेको छ । यात्रु बाेकि सानातिना सवारीसाधन हरु जिल्ला भित्र र बाहिर हिडिरहेका कारण सङक्रमण बढेको स्थानीय नागरिककाे गुनासो रहेको छ ।

    निषेधाज्ञा फितलो भएकै कारण संक्रमण बढेको नागरिकको गुनासो रहँदा जिल्ला प्रशासन कार्यलय गुल्मीले भने नागरिककै कारण कोरोना संक्रमण बढेको दावी गरेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत उद्धव पन्थीले प्रहरीका लागि निषेधाज्ञा पालन गरे जस्तो गरी नागरिकस्तरबाट लापरबाही भइरहेको बताए ।

    पछिल्लो समय लकडाउन फितलो भइरहँदा कोरोना संक्रमणको दर भने बढिरहेको छ जसका कारण गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा , रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल, राष्ट्रिय अनुसन्धान विभाग गुल्मीका प्रमुख सञ्जय  भण्डारी सहित सङक्रमीत भएका छन् ।
    मंगलबार सम्म गुल्मीमा कोरोना संक्रमितको संख्या ५ सय ३१ पुगेको छ भने ९१ जनाको मृत्यु भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।