Logo

२०८३, आश्विन १०गते


images
images

ठुला उद्योगको मनपरि चाल, सडकको बेहाल

सडकबीचको खाल्डोमा ट्रक फस्दा, ज्यामिरे, चारपाला सडकखण्ड २ घण्टा अवरुद्ध 

सडकबीचको खाल्डोमा ट्रक फस्दा, ज्यामिरे, चारपाला सडकखण्ड २ घण्टा अवरुद्ध 

images
  • सडकबीचको खाल्डोमा ट्रक फस्दा, ज्यामिरे, चारपाला सडकखण्ड २ घण्टा अवरुद्ध 
    images
    images

    रेशम अधिकारी,  सुनवल । सुन्दा अचम्म लाग्न सक्छ, पश्चिम्  नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ७ ज्यामिरे, चारपाला हुँदै बौद्ध मार्ग जोडिने सडकमा रहेको खाल्डोमा ट्रक फस्दा सडक नै अबरुद्ध भएको छ  । मङ्गलवार साझ ७ बजे पाल्पा सीमेन्टको ट्रक चारपालामा सडक बिचको ठुलो खाल्डोमा फस्दा करिब २ घन्टा सडक अबरुद्ध भएको हो । received_4465426960182429.jpeg

    images
    images
    images

    अबरुद्ध सडक पाल्पा सीमेन्ट कारखानाको जेसिबीको मदतले २ घन्टा पछी खुलेको थियो । 

    images
    images
    images

    भित्री कच्ची बाटो तर ठुला कारखानाका पाल्पा सिमेन्ट र लक्ष्मी स्टिलका कच्चापदार्थ र तयारी सामान बोकेका हेभीलोड ट्रक लगभग चौबीसै घण्टा गुड्ने यहि सडक कति खराब भएको छ भन्ने  सडकमा रहेको खाल्डोमा ट्रक फसेको तथ्यले देखाउँछ । received_1244255039367303.jpeg

    images
    images
    images

    सडकको क्षमता भन्दा भडी लोड भएका सवारीसाधन गुड्ने र  निरन्तर परेको पानीले सडकमा ठुला- ठुला खाल्डाे परेको स्थानीय बताउँछन । यसबारे पटक पटक वडा र नगरपालिकाका जनप्रतिनिधिलाई खबर गराउदै आएपनि सडकको मर्मतमा कुनै चासो नदेखाएको स्थानीको गुनासो छ । त्यसो त स्थानीय सरकारले सुनेपनी ठुला उद्योगसामु उनीहरुको केही सीप चल्दैन । यस अघि यहि सडकको धुलोले समस्या पारेको समाचार संकलन गर्नेक्रममा स्थानीय सरकारका प्रतिनिधिको भनाइ लिनेक्रममा ठुला उद्योगले आफुलाइ नटेरेको उनीहरु स्वीकार गर्दै आएका छन् । जसका कारण घाम लाग्दा धुलो र बर्षामा हिलोको समस्याले स्थानीयवासी आजीत भएका छन् । 

    देशको अर्थतन्त्रका खम्बा मानिने ठुला उद्योगले यसरी जनस्वास्थ्य र सुरक्षाको सामान्य कुरा पनि ख्याल नगरी मनोमानी गर्नुले राज्यसयंन्त्र उनीहरू सामु निरीह भएको देखाउँछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।