बुटवल । नेकपा माओवादीका केन्द्रीय सल्लाहकार तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी स्वर्गीय सीता दाहालको सम्झनामा बुटवलमा श्रद्धाञ्जली सभा गरिएको छ। पार्टी बुटवल उपमहानगर कमिटिको आयोजनामा श्रद्धाञ्जली सभा गरिएको पार्टीका नगर अध्यक्ष महेन्द्र भुसालले जानकारी दिए।
पार्टीको केन्द्रीय सर्कुलर अनुसार देशै भरिका प्रदेश, जिल्ला, पालिका र टोल कमिटीहरूमा श्रद्धाञ्जली सभा गर्ने कार्यक्रम अनुसार बुटवलमा पनि कार्यक्रम आयोजना गरिएको हो।
श्रद्धाञ्जली सभामा पार्टीका स्थायी कमिटि सदस्य बामदेव क्षेत्री, प्रदेश अध्यक्ष सुदर्शन बराल, केन्द्रीय सदस्य गोविन्द खनाल, जिल्ला संयोजक निर्मल जिसी, माओवादी नेताहरू शरद ओली, रिज्जु श्रेष्ठ, दिपा बिक, पुष्पराज ढकाल, महेन्द्र भुसाल, विजय आचार्य लगायतको सहभागीता रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology