सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसाथी सीता दाहालको २०८०/३/२७ का दिन निधन भयो। सीता दाहालको निधनपछि सामाजिक संजाल र सञ्चारमाध्यममा करिब ३ दिन विभिन्न कोणबाट चर्चापरिचर्चा निरन्तर रहे । अधिकांशले पाेजेटिभ र एकाधले नेगेटिभ टिप्पणी गरेको पनि देख्न सुन्न पाइयो । खासमा मान्छेको जीवन अथवा संसारको प्राणी, वनस्पति सबैकाे एउटै सत्य कुरा के हो भने जन्मपछि मृत्यु हो । बाँकी जीवन फरक फरक भएपनि मृत्यु सबैको एउटै र सत्य हुन्छ र यो अकाट्य सत्य छ तर जन्म र मृत्युका बिचमा मानवले गरेका कर्मका आधारमा चर्चापरिचर्चा हुने गर्दछ, जाे स्वभाविक छ ।सामुहिक स्वार्थ का लागि कर्म गर्नेहरुको चर्चा सामूहिक स्तरमा हुन्छ भने व्यक्तिगत स्वार्थका लागि कर्म गर्ने हरुको चर्चा अलि साँघुरो हुन्छ । यहाँ यो आलेखमा सीता दाहालको निधन त भयो तर उनीबाट हाम्रो समाजले लिनपर्ने प्रेरणा र शिक्षा केे हुन त ? यो विषयमा चर्चा गर्ने प्रयास गरिएको छ।
२०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा बुवा महेस्वर पौडेल र आमा हरिकला पौडेलको कोखबाट सामान्य किसान परिवारमा जन्मिनु भएकी सीता दाहालको २०२६ सालमा पुष्पकमल दाहालसित विवाह भएको थियो। नेपाली समाजको चरित्र अनुसार विवाह गरेपछि श्रीमानले कमाउने सम्पत्ति जोड्ने र श्रीमतीले घर समाल्ने बालबच्चा हुर्काउने हुन्छ र छ। तर सीता दाहाल काे जीबनमा विवाहपश्चात् नै अलि फरक जीवनशैली देखिन्छ । विवाह पश्चात नै उहाँले श्रीमानको कमाई खाने भन्दा पनि श्रीमानलाई पढाउन आफूले घर माइतबाट पाएको साधन स्रोत प्रयोग गर्नुभयो । यहीँबाट सीता दाहालकाे प्रचण्ड निर्माण शुरु हुन्छ । २०२८ सालमा पञ्चायती व्यवस्थाको दमनका विरुद्ध श्रीमानसित साथसाथै भूमिगत हुनुभयो । उहाँले औपचारिक शिक्षा नलिए पनि समाज रुपान्तरणको उहाँको चेताना कुनै डिग्री भन्दा कम देखिँदैन । यसले पुष्पकमल दाहाललाई आजको प्रचण्ड बन्न मद्दत पुग्यो।
पंचायत बहुदल हुँदै जनयुद्धको जीवन-मरणको लडाइँमा कहिँ कतै सीता दाहालको असहयोग देखिएन । बरु आफू पनि सँगसँगै श्रीमानको साथमा जनयुद्धमा होमिनुभयो । यसरी सीता दाहालको अथक मिहिनेतबाट आजको प्रचण्ड निर्माण हुनपुग्यो । सायद घरपरिवारबाट त्यति साथ सहयोग नभएको र परिवारले निजी सम्पत्ति आर्जनमा मात्र जोड गरेको भए यत्रो परिवर्तनको नेतृत्व गर्ने प्रचण्डले निर्माण हुने थिएन । त्यसकारण सीता दाहाल पनि एउटा कारण हो, जसले प्रचण्ड निर्माण गर्नसक्यो।
दोस्रो महान जनयुद्धको क्रममा उहाँले श्रीमानसित साथ साथ रहेर प्रचण्डलाई कहिले कमजोर हुन दिनुभएन । यसले पुष्पकमल दाहाललाई प्रचण्ड बन्न अभिप्रेरित गरिरह्यो। महान जनयुद्ध हुँदै पार्टी शान्ति प्रकृयामा आउदा माओवादीको सान,साैकत अति नै थियाे । तर सीता दाहालमा त्याे कहिलै देख्न र सुन्न परेन । सपरिवार राजनैतिक आन्दाेलनमा रहदा रहदै छाेरि र एकमात्र छाेरा गुमाउदा समेत याे परिवार पार्टी आन्दाेलनबाट कहिलै बिचलित भएन । कैयाै बेला पार्टी नेताहरुले सीता दाहाललाई राजकिय ओहाेदामा जान प्रस्ताव नगरेका हैनन । तर उहा त्यसलाई अस्बिकार गर्नुभयाे ।
आजकाे राजनितिमा श्रीमान पावरमा रहदा श्रीमतिहरुकाे शासन र त्यसले पार्टी राजनिति र समाजलाई असर हामिले सुनिरहेका छाै । ०६४ पछि अनवरत शक्तिमा रहेका प्रचण्डकाे जीवनसाथिमा पतिकाे पावरकाे प्रयाेग कहिलै देख्न सुन्न परेन । यी सबै घटना क्रमले के देखाउछ भने, सीता दाहालबाट हामिले शिक्षा लिन पर्ने धेरै कुरा छन । मान्छे कोहीँ पनि सर्वगुणि हुदैन तर निजि सम्पत्ति आर्जन भन्दा समाज परिवर्तनमा लगानी, जीवनमा सधै जीवनसाथिकाे साथ, सादा जीवन, पति पावरमा हुदा पनि पतिकाे पावर प्रयाेग नगर्ने, राजकिय पद प्रतिष्ठा भन्दा पार्टी निर्माण र रुपान्तरणमा जाेड, जस्ताे सुकै कठिन अवस्थामा पनि अबिचलित र निरन्तर सधै सकारात्मक काम गर्ने तर फलकाे आशा नगर्ने सीता दाहालबाट यी हामिले सिक्न पर्ने कुरा हुन ।
अब सीता दाहाल हाम्राे बिचमा भाैतिक रुपमा नरहे पनि उहाँका याेगदान सधै जीवित रहने छन । अन्तमा नेपालकाे कम्युनिषट आन्दोलनकाे एक अथक याेद्दा अभिभावक सीता दाहाल प्रति हार्दिक श्रद्धाञ्जली ।
लेखक पोखरेल नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालयका मुख्य सचिव हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology