Logo

२०८३, श्रावण २७गते


images
images

जेनजी आन्दोलन

अब देश सम्हाल्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै हो : प्रचण्ड

अब देश सम्हाल्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै हो : प्रचण्ड

images
  • अब देश सम्हाल्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै हो : प्रचण्ड
    images
    images

    गोरखा । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै भएको बताएका छन् ।

    images
    images
    images

    गोरखा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आइतबार बोल्दै प्रचण्डले जेनजी आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट पार्दै देश सम्हाल्ने, भ्रष्टाचार अन्त्य गर्ने र युवाको भावना अनुसार अघि बढ्ने शक्ति माओवादी नै भएको बताएका हुन् ।

    images
    images
    images

    प्रचण्डले भने 'जेनजी आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ । अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ ।'

    images
    images
    images

    उनले अगाडी भने 'केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ । तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो ।

    जेनजी आन्दोलन हाम्रा उत्तराधिकारी हुन्, र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ । 'चुनावको सन्दर्भमा प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गर्दै अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार भएको बताए ।

    उनले सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दै चुनाव हुन्छ की हुदैन नभनेर चुनावमा लाग्नु बाहेक कुनै विकल्प नभएको बताए । त्यस्तै उनले देशभर माओवादी केन्द्रको अभियानप्रति जनविश्वास बढ्दै गएको बताउँदै भने- 'हाम्रो पार्टीले अहिले जिल्ला-जिल्ला र गाउँसम्म कार्यक्रम गरिरहेको छ । आम जनताले अबको चुनावबाट देश सम्हाल्न माओवादी नै आउनुपर्छ भनेर विश्वास व्यक्त गरिरहेका छन् ।

    'उनले अब जेनजी युवाहरूसँग छलफल हुँदै जाँदा उनीहरू पनि आफ्नो असली अभिभावक माओवादी नै हो भन्ने निष्कर्षमा पुग्दै गएको दाबी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।