Logo

२०८३, श्रावण २७गते


images
images

तराईको शीतलहर र पहाडी क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेकोप्रति प्रचण्डबाट सरकारको ध्यानाकर्षण

तराईको शीतलहर र पहाडी क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेकोप्रति प्रचण्डबाट सरकारको ध्यानाकर्षण

images
  • तराईको शीतलहर र पहाडी क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेकोप्रति प्रचण्डबाट सरकारको ध्यानाकर्षण
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मौसममा आएको परिवर्तनसँगै तराई-मधेशमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images

    प्रचण्डले मौसममा आएको परिवर्तनका कारण समाजका गरीब तथा सीमान्तीकृत वर्गका जनता बढी पीडित भएको उल्लेख गर्दै यस्तो परिस्थितिमा प्रभावित जनतालाई तत्काल सहयोग पुर्‍याउन तथा कुनै पनि मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीन वटै तहका सरकारसँग अपील गरेका छन् । 

    images
    images
    images

    प्रचण्डले प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत लगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउनका लागि पार्टीका सम्बन्धित सबै समितिहरूलाई आवश्यक भूमिका निर्वाह गर्न निर्देशन समेत दिएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।