Logo

२०८३, श्रावण २७गते


images
images

शान्ति सम्झौता

जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन असम्भव : प्रचण्ड

जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन असम्भव : प्रचण्ड

images
  • जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन असम्भव : प्रचण्ड
    images
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा भएको जनयुद्धले उठाएका मुद्दा पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव नहुने बताएका छन् ।

    images
    images
    images

    विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा एक सन्देश जारी गर्दै प्रचण्डले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको स्मरण गरेका छन् । शान्ति प्रक्रियामा विभिन्न रुपमा योगदान पुर्‍याउने सबैलाई सम्मान व्यक्त गर्दै उनले बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    images
    images
    images

    तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डले भनेका छन्, ‘जनयुद्धले उठान गरेका सामाजिक न्याय, सुशासन, आर्थिक समानता र समृद्धिका मुद्दाहरु पूरा नभएसम्म शान्ति सम्झौताको सम्पूर्ण कार्यान्वयन सम्भव हुँदैन ।’

    images
    images
    images

    नेपाली समाजमा देखापरेका समस्या समाधान गर्न सबै पक्षलाई एकताबद्ध प्रयास गर्न पनि उनले अपिल गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।