Logo

२०८३, श्रावण ३०गते


images
images

रुरुधामकाे तीनमुखे पुल क्षेत्रमा निशुल्क वाईफाई 

रुरुधामकाे तीनमुखे पुल क्षेत्रमा निशुल्क वाईफाई 

images
  • सेतोमसी सहकर्मी
  • रुरुधामकाे तीनमुखे पुल क्षेत्रमा निशुल्क वाईफाई 
    फाईल फोटो
    images
    images

    कृष्ण अन्जान, रुरुधाम । कालीगण्डकीकाे वर्षे भेल सुसाउँदै बगेको छ र यहि बहावमा रिडीखाेलाले पनि साथ दिएकाे छ । वर्षा लागेपछि रुरुधामकाे बगर क्षेत्र जलाम्मे हुन्छ र यसले याे क्षेत्रमा मनमाेहकता मात्रै थप्दैन बगरक्षेत्रमा थुप्रेका फाेहरका डँगुर पनि बगाएर लान्छ र भन्नु पर्दा बाताबरणिय प्रदुषण हटाउन पनि कालीगण्डकी नदि र रिडीखाेलामा उर्लेर आउने भेलले सहयाेग गर्छ ।

    images
    images
    images

    कालीगण्डकी र रिडीखाेलाे उर्लेकाे हेर्न नदि तटमा रिडीवासीहरुकाे भिड लाग्छ तर अब त उर्लदाे बाढि हेर्न तिनमुखे पुल बनेपछि सजिलो भएकाे छ । एकातिर स्याङ्जाको किपट क्षेत्रका वासिन्दालाई याे पुल आवत जावतका लागि साह्रै सुलभ भएकाे छ भने रिडीबासीका लागि यसाे पुलतिर गएर मन बहलाउन झनै सजिलो माध्यम बनेकाे छ ।पुलबाट अवलाेकन गर्दा रुरुधामकाे पुर्व पश्चिमका भागहरु मठ मन्दिर सबैकाे मज्जाले अवलाेकन गर्न सकिने र मनाेरम दृष्यले मनै लाेभ्याउँछ ।

    images
    images
    images

    यहि तिनमुखे पुल क्षेत्र प्रति थप आकर्षण गर्न रात्रिकालिन बत्तिकाे व्यवस्था त गरिएकाे छ नै यतिबेला निशुल्क इन्टरनेट सेवा जडान गरेर पुल क्षेत्रमा पुग्न थप आकर्षित गरिएकाे छ ।

    images
    images
    images

    रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विक, रुरुधाम टाेलविकास समितिका अध्यक्ष प्रेम भण्डारीकाे आग्रहमा ब्राेडलिँक नेटवर्क कम्युनिकेशनले तिनमुखे क्षेत्रमा इन्टरनेट जडान गरेकाे हो। 

    "आन्तरिक पर्यटक बढाउन र वाह्य पर्यटक भित्र्याउन रुरुधामकाे प्रचारप्रसार आवस्यक छ र प्रचारप्रसारका लागि नयाँ प्रविधि जडान आवस्यक भएकाले निशुल्क वाईफाई जडानका लागि ब्राेडलिन्कका सन्चालक देव थापा सँग हामीले आग्रह गर्यौँ र कम्पनीले पनि सहस्र स्विकार गरि जडानमा सहयाेग गर्नुभयो" वडाध्यक्ष विकले भने ।

    वाईफाई सन्चालन गर्न लाग्ने विद्युत शुल्क चेतनशिल महिला बहुउद्देश्यीय सहाकारी सँस्थाले उपलब्ध गराउने भएकाे सँस्थाकी अध्यक्ष लक्ष्मी ज्ञवालीले प्रतिबद्धता जाहेर गरिन ।

    निशुल्क वाईफाइ जडानसँगै याे पुल क्षेत्रकाे लाईभ टेलिकास्ट तथा अन्य इन्टरनेट सम्बन्धि सेवा आन्तरिक तथा वाह्य पर्यटकले पुलबाटै लिन सक्ने छन र तत्काल सामाजिक सन्जालमा यहाँका दृश्य र भिजुअल हरु ठाउँकाे ठाउँबाटै पुग्ने छ इन्टरनेट काे सुविधा खाेज्न अन्यत्र धाउनु पर्नेछैन ।

    "याे सुविधाले तिनमुखे पुल तर्फ पर्यटकहरुलाई झन आकर्षित गर्न सक्ने अनुमान गरिएकाे छ" रुरुधाम टाेल विकास सँस्थाका अध्यक्ष प्रेम भण्डारीले भने ।

    पछिल्लो चरणमा रुरुधाममा तिनमुखे पुलकाे निर्माणले पर्यटकहरुकाे चापलाई रुरुधामले थेग्न नसकेको अवस्थामा निशुल्क इन्टरनेट जडानले थप आयाम थपेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तीनमुखे पुल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।