Logo

२०८३, श्रावण ३०गते


images
images

आन्तरिक पर्यटककाे राेजाईमा तीनमुखे पुल, प्रेम जोडि र टिकटक खिच्नेहरुकाे ताँती

आन्तरिक पर्यटककाे राेजाईमा तीनमुखे पुल, प्रेम जोडि र टिकटक खिच्नेहरुकाे ताँती

images
  • सेतोमसी सहकर्मी
  • आन्तरिक पर्यटककाे राेजाईमा तीनमुखे पुल, प्रेम जोडि र टिकटक खिच्नेहरुकाे ताँती
    फाईल फोटो
    images
    images

    कृष्ण अन्जान, रिडीबजार । देख्दै घुमौँघुमौँ लाग्ने रुरुधामकाे तिनमुखे पुलमा मान्छेहरुकाे ओईराे छ ।
    रिडी पुग्ने जाे काेहि पनि याे पुलमा सयर गरेन भने रिडी जानुका अर्थ नराखेको ठान्छन । 

    images
    images
    images

    गुल्मी तिरबाट रिडीबजार पुग्नेहरु पुलकाे गुल्मीको भाग हुँदै स्याङ्जा तिर र पाल्पा तिरबाट ऋषिकेशकाे दर्शन गरि यहि पुलकाे बाटाे भएर फर्कन्छन भने पाल्पा तिरबाट आउने हरु गुल्मी स्याङ्जा हुँदै फर्केर पाल्पा तिरै फर्किन्छन ।

    images
    images
    images

    उता स्याङ्जाकाे किपट क्षेत्रका वासिन्दालाई त याे पुल बनेपछि रिडीबजारमा बजार गर्न आउन र फर्किन साह्रै सजिलाे भएकाे छ । गण्डकी र लुम्बिनी प्रदेशसँगै गुल्मी, पाल्पा र स्याङ्जा जाेड्ने याे तीनमुखे पुलले रुरुधामकाे पर्यटनलाई ह्वात्तै बढाएकाे कालिगण्डकी १ छिस्दी स्याङ्जाका माेति बहादुर घर्ति मगरकाे भनाई छ ।

    images
    images
    images

    हुनपनि पुल बनेपछि दैनिक सयौँ पर्यटक हरुकाे आगमन याे पुल हेर्नकै लागि हुने गर्छ । 

    त्यसाे त याे पुलकाे तीनवटै मुखतिर भगवानका मन्दिरहरु छन । स्याङ्जा तर्फकाे भित्तामा हनुमानकाे शिला छ, जसलाई सँरक्षण आवस्यक छ भने गुल्मी तर्फ पुलकाे मुख नजिकै मणिमुकुन्देश्वर शिवजीकाे मन्दिर छ जुन याे पटक जिर्णाेद्दार हुँदैछ ।यसैगरी पाल्पा तिरकाे भागमा ऋषिकेश भगवानकाे मन्दिर परिशर छ । 

    पुलकाे निर्माण सँगै रुरुधाम प्रति यसरी आकर्षण बढेकाे छ कि पुलै हेर्नकै लागि देशै भरिबाट भक्तालु तिर्थालु सँगै आन्तरिक पर्यटकहरु आउने गर्छन । सेल्फि, टिकटक खिच्नेहरू त ताँती लाग्ने गरेकाे छ भने पुल प्रेम जोडिहरू मिलनकाे एउटा माध्यम पनि बनेकाे छ । पुलमा युवा युवतीहरु प्रशस्त प्रेमिल गफगाफमा भेटिन्छन ।

    धार्मिक क्षेत्रको रुपमा परिचित रहेर पनि विकासले लामो समय ओझेल परेको यो क्षेत्र पछिल्ला केही वर्षदेखि यहाँ बनेकाे एसियाकै एकमात्र तिनमुखे पुलका कारण आकर्षणको केन्द्र बन्न पुगेको छ ।

    धार्मिक पर्यटनका लागि प्रसिद्ध गन्तव्य बन्न सक्ने गरि रुरुक्षेत्रको रुरुधाममा यतिबेला सँरचना हरु बनिरहँदा यहाँको तिनमुखे पुलले विशेष महत्व राख्दछ ।

    रिडी संगम झोलुङ्गे पुल नाम दिइएको तीनमुखे पुलको निर्माण कार्य  सकिएको छ र उद्घाटनकाे पर्खाइमा छ । 

    विक्रम सम्वत २०७१ असार १० गते सम्झौता भई काम शुरु भएको यो परियोजना काम शुरु भएको मितिले एक हजार पन्चानब्बे दिनमा सम्पन्न हुनु पर्ने थियो । तर, समय यसरी लम्वियो कि करिब सात वर्षमा यो पुल सम्पन्न भएकाे हाे ।

    शुरुमा नयाँ बाटो रुबिना मना जेबीले सम्झौता गरेको यो परियोजनालाई पछिल्लो पटक जलप नेपाल प्राईभेट लिमिटेड ले लिएपछि निर्माणमा गति लिएको हो । 

    चौध करोड छत्तिस लाख बाह्र हजार पाँचसय २३ रुपैयाँको ईस्टिमेटको यो पुल नौ करोड अठासीलाख छब्बीस हजार तिनसय बिस रुपैयाँमा टेन्डर भई काम शुरु भएको हो ।

    अघिल्लो निर्माण कम्पनीबाट २०७५ सालको श्रावण महिनामा जलप नेपालले अख्तियारनामा लिई निर्माण कार्यको जिम्मा यो पुलको सँरचनामा कालिगण्डकी नदि र रिडीखोलाको सँगममा पच्चीस मिटर अग्लो टावर निर्माण भएको छ जुन नौमिटर गोलाईमा साततला रहेको छ ।

    यहि टावरमा बिचबाट भर्याङ राखिएको छ र माथिल्लो तलाबाट यो क्षेत्रको अवलोकन गर्न सकिने गरि भ्युटावर रहेकाे छ । यहि टावरबाट स्याङ्जाको किपट गुल्मीको रिडी बजार र पाल्पाको ऋषिकेश क्षेत्रमा पुग्ने गरि तिन जिल्लालाई जोड्ने गरि हरेक तिर एक सय सतहत्तर दशमलव चार मिटरका झोलुँगे पुलहरु निर्माण भएका छन । 

    चौवालीस एमएम डाएलको चार मेन केवल सँगै स्टिल डेक र वाक वे बिम पुलमा प्रयोग भएको निर्माण कम्पनी जलप नेपाल चितवनले जनाएको छ ।

    मुख्य रुपले मोटरेवल ब्रिज, सस्पेन्सन ब्रिज, बिजुलीका स्टिल पोल, लगायत निर्माण गर्ने ग्याल्भनाईजिँग प्लान्ट रहेको जलप नेपाल प्राईभेट लिमिटेडले गुणस्तरीय सामाग्री प्रयोग गर्दै घाटै सहेर पनि पुल सम्पन्न गर्ने जस लिन सफल भएको छ ।

    पछिल्लो चरणमा पुलमा लाईट जडान  गरिएपछि रातिमा पुलकाे सौन्दर्य हेर्न लायक बनेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रिडि
  • # तीनमुखे पुल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।