Logo

२०८३, आश्विन १७गते


images
images

रुरुमा भजन महोत्सव हुने, जेष्ठ नागरिक देखि असल बुहारीसम्मलाई सम्मान गरिने 

रुरुमा भजन महोत्सव हुने, जेष्ठ नागरिक देखि असल बुहारीसम्मलाई सम्मान गरिने 

images
  • रुरुमा भजन महोत्सव हुने, जेष्ठ नागरिक देखि असल बुहारीसम्मलाई सम्मान गरिने 
    images
    images

    माधव ज्ञवाली, रुरुक्षेत्र । रुरुधार्मिक सेवा सन्चारले भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना   गर्ने  भएको छ । आउदो  मंसिर  २२ गते  सातौं भजन महोत्सव गर्ने आयोजकले जनाएको छ ।

    images
    images
    images

     
    कार्यक्रममा विगतका बर्षहरुमा जस्तै दोहोरो शङ्ख बजाउने  प्रतियोगिता, करोड प्रजलन,  जेष्ठ  नागरिक  सम्मान, पत्रकार  सम्मान, उत्कट  कृषक सम्मान, असल  बुहारी सम्मान,   दानवीर सम्मान, दुना टपरी  प्रतियोगिता, विभिन्न  पाठ पारायण तथा विविध   कार्यक्रम गर्ने   आयोजक संस्थाका अध्यक्ष  चुरामणि तिमिल्सिनाले जानकारी  दिए ।

    images
    images
    images

    received_865396534178533.jpeg
    भजन प्रतियोगितामा प्रथम पुरस्कार  रु ११ हजार   प्रमाणपत्र , दितिय पुरस्कार  रु ७ हजार र प्रमाणपत्र, तृतीय  पुरस्कर  रु ५ हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान   गरिने  आयोजकले निर्णय  गरेको छ । 

    images
    images
    images

    साथै  सहभागी  पुरस्कार  रु १  हजार र प्रमाणपत्र समेत दिइने छ । 


    यसैगरि  शङख  बजाउने  प्रतियोगिताका लागि प्रथम पुरस्कार  रु १५०० र प्रमाणपत्र दितिय पुरस्कर  रु १ हजार र प्रमाणपत्र , दित्तिय पुरस्कार ७सय र  प्रमाणपत्र सान्त्वना  पुरस्कार  २ जनालाई  रु ५ सयका दरले प्रदान गरिनेछ । 


    यस्तै दुना टपरी   तर्फ   प्रथम  हुनेलाइ  रु २ हजार  र प्रमाणपत्र  दुत्तिय  हुनेलाइ  रु १५ सय र प्रमाणपत्र तृतीय  हुनेलाइ  रु१ हजार   प्रमाणपत्र  सान्त्वना  हुनेलाई    रु ५ सय  दुई  जनालाई   प्रदान   गर्ने  आयोजकले जनाएको छ ।

    received_212271074321003.jpeg
    जेष्ठ  नागरिक  सम्मान   कार्यक्रममा तानसेन  नगरपालिका  १३ र १४ का ८४ बर्ष  पुगेका जेष्ठ  नागरिक, रुरु गाउँपालिका ४देखि ६ वडा सम्म्का  जेष्ठ  नागरिक, कालीगण्डकी गाउँपालिका १ र २का जेष्ठ  नागरिक  रिब्दीकोट गाउँपालिका १ का ८४ बर्ष  पुगेका र सत्यवती गाउँपालिका अस्लेवा १ का जेष्ठ  नगरिक संमान  गरिने छ।


    रुरुधाम रिडिमा कार्यक्रम अवलोकन  गर्न आउने सम्पुर्ण   भक्तजनहरुलाई भन्डाराको समेत व्यवस्था  गरिने  सम्पुर्ण  पितृहरुको  सम्झ्ना गर्दै श्रीमत भागवत  पाठपारायण  बेद पाठ चण्डी पाठ शिबजिको पुजा, ग्रहसान्ती समेत गरिने, कार्यक्रममा रु १ हजार भन्दा माथी दान  गर्ने दातालाइ सम्मान  गरिने  रुरु अनलाईन  सन्चारका  प्रधान सम्पादक  बिष्णु  प्रसाद पाण्डेले जानकारी  दिए ।  


    कार्यक्रम  रुरुक्षेत्र गाउँपालिकाको रुरुधाम रिडीमा गरिने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।