Logo

२०८३, आश्विन १२गते


images
images

ओझेलमा रुरुक्षेत्रको 'देउरालीस्थान मन्दिर' : सुनिदैन कृतन, हुँदैन चहलपहल

ओझेलमा रुरुक्षेत्रको 'देउरालीस्थान मन्दिर' : सुनिदैन कृतन, हुँदैन चहलपहल

images
  • ओझेलमा रुरुक्षेत्रको 'देउरालीस्थान मन्दिर' : सुनिदैन कृतन, हुँदैन चहलपहल
    images
    images

     माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा नं.४ देउराली स्थानमा एउटा  मन्दिर रहेको छ जुन त्यहाँका गौतम परिवारको "शिवालय मन्दिर" को नामले चिनिन्छ। यस् मन्दिरको वास्तविक नाम " देउराली स्थान जगदम्बा कैलाश पति महादेव मन्दिर" हो।

    images
    images
    images

     

    images
    images
    images

    वि.स २०५४ सालमा स्थानीय गौतम परिवारले ५-७ सय देखि एक हजार पन्ध्र सय सम्म र सक्नेले त्यो भन्दा धेरै समेत पैसा उठाएर कुल रु.५० हजारको लागतमा बनेको सो मन्दिरको छुट्टै इतिहास रहेको छ। ढुङ्गाबाट बनाइएको सो मन्दिर निर्माणका लागि त्यहाका स्थानीयले कम मिहेनत गरेका थिएनन्, आधा १ घण्टा हिँडेर बालुवा, सिमेन्ट, पानी र सार्वजनिक वनबाट आवश्यक काठ बोकेर निकै मिहिनेतका साथ उक्त मन्दिरको निर्माण गरिएको थियो।

    images
    images
    images

    received_1551298915341815.jpeg

    मन्दिर निर्माण कार्य वि.स २०५५ सालको सुरुतिरै सम्पन्न भएको थियो र लगत्तै त्यसलाई संचालनमा ल्याइयो। 

    मन्दिर संचालनमा ल्याइए सङ्गै मन्दिरमा नियमित पुजाआजा र भजन कृतनको सुरुवात गरिएको थियो। प्रत्येक रामनवमी,कालरात्री, शिवरात्री र अन्य विशेष अवसरमा नियमित पुजा गरिन्थ्यो भने भजन कृतन गरिन्थ्यो । त्यसमा पनि प्रत्येक सक्रान्तीको दिन झन बढी रमाइलो हुने गर्दथ्यो, गौतम परिवारले पालैपालो त्यसको खर्च ब्यहोर्थे।

     

    मन्दिर स्थापना भएको एक बर्षपछि मन्दिरको पुजारीको रुपमा स्थानीय नारायण प्रसाद गौतम नियुक्ति भए, त्यो भन्दा पहिले उनका दाजु पुजारी थिए। उनका दाजुले पुजाआजामा नियमित ध्यान नदिएकोले दाजुलाई हटाएर भाईलाई नियुक्ति गरिएको मन्दिर ब्यवस्थापन समितिको भनाई छ।

    received_477096967557841.jpeg

    नारायण प्रसादले उक्त मन्दिरमा २०-२१ बर्ष जति पुजारीको रुपमा पुजा गरे,अहिले उनी ७० बर्ष नाघिसके। उनका अनुसार प्रत्येक सक्रान्तीमा त्यस मन्दिरमा भजन कृतन हुने गर्थ्यो । भजन कृतनमा साविकको वडा २,३ पुरै सहभागी हुन्थे भने त्यस भन्दा बाहिरबाट समेत मानिसहरू सहभागी हुने गर्दथे।  तिजको बेला नाचगान गर्ने मुख्य केन्द्रबिन्दु नै त्यही मन्दिर थियो, कृष्ण जन्माष्टमिको दिन त रथयात्रा समेत गरिन्थ्यो। प्रत्येक सक्रान्तीमा भजन कृतनको लागि त्यस दिन स्थानीयहरु छिटो छिटो साँझको खानपिन गर्दथे र सबै सर्लक्कै भजन कृतनमा सहभागी हुने गर्दथे।

     

    तर अहिले न नारायण प्रसाद मन्दिरको पुजारी छन् न त अहिले त्यस मन्दिरमा कुनै भजन कृतन नै हुन्छ। गौतमलाई केहि बर्ष पहिले नै मन्दिरको पुजारीबाट हटाइएको रहेछ। विभिन्न बाहाना बनाएर षड्यन्त्र पुर्वक कसैको निहित  स्वार्थका लागि समितिले आफुलाई पुजारीबाट हटाइएको उनको आरोप छ। "करिब २१ बर्ष पुजा गरेँ। उमेर रहुन्जेल कसैले केही भनेनन्, सुन्न पनि परेन। जब उमेर ढल्कियो विभिन्न आरोप खेप्नुपर्यो अनि मलाई हटाइयो पनि।" उनले दुखेसो पोखे।

     

    उक्त मन्दिर गौतमको घरदेखि केही तल रहेको छ। गौतम आफैले पनि भजन कृतन लेख्थे रे अनि भजन कृतनमा बजाइने बाजा पनि बजाउथे उनले। " जता घाम उतै रमाइलो , बाचुन्जेल गरौं रमाइलो " "यस्तै यस्तै गित मैले लेखेको पनि छु अनि गाएको पनि" उनले अघि सुनाए।

    तर गौतम माथि पछिल्लो समय मन्दिरमा नियमित पुजाआजा नगर्ने र मन्दिर वरिपरि सरसफाइमा ध्यान नदिएकोले मन्दिरको पुजारी फेर्नुपरेको आरोप लागेको छ। उनलाई कुनै पनि षड्यन्त्रले हटाइएको नभएर पछिल्लो समय उनको अटेरि पनले गर्दा मन्दिर ब्यवस्थापन समिती गौतमलाई  हटाउन बाध्य भएको समितिकी सदस्य शान्ता गौतमले बताइन् ।

     

    समितिको बैठक नै बसेर सो निर्णय गर्न बाध्य भएको उनको दाबी छ। अहिले उक्त मन्दिरको पुजारीको रुपमा स्थानीय रेवतिराम गौतम नियुक्ति भएका छन्, उनको आमा बितेको कारणले आमाको बर्षदिन नपुग्दा सम्म अर्का स्थानीय नवराज गौतमले पुजा गर्ने गरि सहमति भएको पनि उनले बताइन् ।

     

    यता पछिल्लो समय उक्त  मन्दिर ओझेलिँदै गएको छ। पछिल्लो ५-६ बर्ष यता मन्दिरमा सामान्य पुजाआजा र  सानो तिजमा सामान्य नाचगान बाहेक अन्य गतिविधि देख्न सकिँदैन । मन्दिरमा पहिले जस्तो भजन कृतन पनि हुँदैन।

     


    मन्दिरमा भजन कृतन गर्ने कार्यक्रम एकाएक बन्द भएपछि धेरैको धेरै थरिका टीका टिप्पणी सुन्न सकिन्छ । समितिकी शान्त गौतमका अनुसार एक दिन भजनमा एक केटा र केटि सङ्गै नाचेका थिए। नाच्ने क्रममा उनिहरुले एक अर्काको माला साटासाट गरे, त्यसपछि उनिहरुले भागेर बिहे गरे । त्यसरी माला साटासाट गरेपछि भागेर बिहे गरेकोले अब फेरि पनि त्यस्तै गतिविधि दोहोरिने होकि भन्ने डरले मन्दिरमा भजन कृतन बन्द गरिएको थियो।

     

    तर भजन कृतन नगर्ने भनेर औपचारिक निर्णय आजसम्म पनि भएको छैन । नया पिडिका युवाहरुले विकृति ल्याउने र उनिहरु बिग्रने डरले बन्द गरिएको उनको भनाइ छ।

    कतिपयले भने त्यो मात्र कारण नभएर मन्दिर ब्यवस्थापन समिति र स्थानीयले बेवास्ता गर्दै जानु मुख्य कारण रहेको टिकाटिप्पणी गर्दै आइरहेको पाइन्छ । कतिपयले भने पछिल्लो समय भजन कृतनमा कसैको पनि ध्यान नरहेको भजन कृतन गाउने मान्छेहरू पनि कम हुँदै जानु मुख्य कारण रहेको बताउँछन् ।

    यस् मन्दिरको इतिहास पुनः दोहोर्याएर भजन कृतन गाउने वातावरण सिर्जना गर्न सके पछिल्लो समय हराउँदै गएको पुराना संस्कृतिको केही जगेर्ना हुने थियो भने नयाँ पुस्ताले पनि सिक्ने अवसर पाउने थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।