Logo

२०८३, आश्विन १२गते


images
images

रुरुक्षेत्रको तिनमुखे झाेलुँगे पुलकाे निर्माण अन्तिम चरणमा

रुरुक्षेत्रको तिनमुखे झाेलुँगे पुलकाे निर्माण अन्तिम चरणमा

images
  • सेतोमसी सहकर्मी
  • रुरुक्षेत्रको तिनमुखे झाेलुँगे पुलकाे निर्माण अन्तिम चरणमा
    images
    images

    कृष्ण अन्जान, रिडी । पवित्र रुरुधामकाे चर्चा यतिबेला चुलिएकाे छ । धार्मिक क्षेत्रकाे रुपमा परिचित रहेर पनि विकासले लामाे समय ओझेल परेकाे याे क्षेत्र पछिल्ला केही वर्ष देखि यहाँ बनिरहेको एसियाकै एकमात्र तिनमुखे पुलका कारण आकर्षणकाे केन्द्र बन्न पुगेकाे छ ।

    images
    images
    images


    धार्मिक पर्यटनका लागि प्रसिद्ध गन्तव्य बन्न सक्ने गरि रुरुक्षेत्रकाे रुरुधाममा यतिबेला सँरचना हरु बनिरहँदा यहाँकाे तिनमुखे पुलले विशेष महत्त्व राख्छ ।

    images
    images
    images

    रिडी संगम झाेलुँगे पुल नाम दिईएकाे  तिनमुखे पुलकाे निर्माण कार्य उनान्सय प्रतिशत सकिएकाे छ र केही दिन भित्र सकिने पुलकाे काम पछिल्लो पटक हेरि रहेकाे जलप नेपाल प्राईभेट लिमिटेडका परियाेजना प्रवन्धक केदार ढुगेलले बताए ।

    images
    images
    images

    बिक्रम सम्वत २०७१ असार १० गते सम्झौता भई काम शुरु भएकाे याे परियाेजना काम शुरु भएकाे मितिले एक हजार पन्चानब्बे दिनमा सम्पन्न हुनु पर्ने थियाे तर समय यसरी लम्वियाे कि करिब सात वर्षमा याे पुल सम्पन्न हुने तयारीमा छ ।

    शुरुमा नयाँबाटाे रुबिना मना जेबिले सम्झौता गरेकाे याे परियाेजनालाई पछिल्लो पटक जलप नेपाल प्राईभेट लिमिटेडले लिएपछि निर्माणमा गतिलिएकाे हाे ।

    चौध कराेड छत्तिसलाख बाह्र हजार पाँचसय तेईस रुपैयाँ ईस्टिमेटकाे याे पुल नौ कराेड अठासीलाख छब्बीस हजार तिनसय बिस रुपैयाँमा टेन्डर भई काम शुरु भएकाे हाे ।


    अघिल्लाे निर्माण कम्पनीबाट २०७५ सालकाे श्रावण महिनामा जलप नेपालले अख्तियार नामा लिई निर्माण कार्यकाे जिम्मा लिएपनि काेभिडकाे कारण र गतवर्ष कालिगण्डकीमा आएकाे बाढिले निर्माणका लागि लठ्ठामा क्षति पुर्याएपछि वाध्यतावस  निर्धारित समय भन्दा दुईवर्ष पछि पुल सम्पन्न हुने अवस्थामा छ ।

    हाम्रो लक्ष निर्धारित अवधिमा सक्ने थियाे तर प्राकृतिक विपदा काेभिड समस्याका कारण निर्माण कार्य त पछाडि धकेल्याे नै कराेडौँकाे घाटा व्यहोर्नु पर्याे प्रवन्धक ढुँगेलकाे भनाई छ । पुलकाे पाल्पा पट्टीकाे काम दशैँ मै सकिएकाे हाे तर स्याङ्जा तिरकाे भागमा अत्यधिक पहिरो जानुका साथै काम गर्न समेत गाह्रो भएपनि निरन्तर काे प्रयासले त्याे क्षेत्र र गुल्मी क्षेत्रमा पनि काम सकिएकाे छ ।


    याे पुलकाे सँरचनामा कालिगण्डकी नदि र रिडीखाेलाकाे सँगममा पच्चीस मिटर अग्लाे टावर निर्माण भएकाे छ जुन नौमिटर गाेलाईमा साततला रहेकाे छ । यहि टावरमा बिचबाट भर्याँग राखिएकाे छ र माथिल्लो तलाबाट याे क्षेत्रकाे अवलाेकन गर्न सकिने गरि भ्युटावर हुनेछ ।

    यहि टावरबाट स्याङ्जाको किपट गुल्मीकाे रिडी बजार र पाल्पाको ऋषिकेश क्षेत्रमा पुग्ने गरि तिन जिल्लालाई जाेड्ने गरि हरेक तिर एक सय सतहत्तर दशमलव चार मिटरका झाेलुँगे पुलहरु निर्माण भएका छन ।

    चौवालीस एमएम डाएलकाे   चार मेन केवल सँगै स्टिल डेक र वाक वे बिम पुलमा प्रयाेग भएकाे निर्माण कम्पनी जलप नेपाल चितवनले जनाएकाे छ ।
    मुख्य रुपले माेटरेवल ब्रिज, सस्पेन्सन ब्रिज, बिजुलीका स्टिल पाेल, लगाएत निर्माण गर्ने ग्याल्भनाईजिँग प्लान्ट रहेकाे जलप नेपाल प्राईभेट लिमिटेडले काम सम्पन्न गर्ने जस लिन सफल भएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।