कृष्ण अन्जान, गुल्मी । रिडीको तिनमुखे निर्माणको एक बर्ष बित्न नपाउदै यहाँको विद्युतिय सोलार सिस्टम तोडफोड गरि क्षतिग्रस्त पारिएको छ्। अज्ञात ब्यक्तिहरुले सोलार प्रणालि जडान गरिएको टावरको माथिल्लो भागको कक्षमा सोलारको उपकरण तोडफोड गरिएको छ ।
यसैगरी उक्त कक्षमा फोहर मैला तथा दिशापिशाब गरि दुर्घन्धित पारिएको छ्। पुलमा जडान गरिएको बिजुलि वत्ति फोडिएको छ, नटहरु फुस्काइएको छ।
रात्रीमा पुल निकै अन्धकार पारिएको छ्। समयमै सुरक्षा ब्यबस्था नहुने हो भने पुलमा थप क्षतिको सम्भवाना रहेको स्थानीय बासिन्दाकाे भनाई छ ।
घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालयमा सम्पर्क गर्दा यस प्रकारकाे अबान्छित गतिविधिकाे निगरानी शुरु गरिएकाे र रात्रिकालिन गस्ती समेत शुरु गरिने प्रहरी निरिक्षक यमलाल बन्जाडेले जानकारी दिए ।
रुरुधाममा तीन मुखे पुलकाे निर्माण कार्य सम्पन्न भईसकेपछि दैनिक जस्तो पर्यटकहरु पुल अवलाेकन गर्न आउने र रातिकाे समयमा लाईटका कारण पुलमा घुम्ने धार्मिक पर्यटकहरुलाई यस प्रकारको अवान्छित गतिविधिले त्रास उत्पन्न भएकाे छ । रुरुक्षेत्रकै गौरवको रुपमा निर्माण भएकाे उक्त पुलकाे उदघाटन नहुँदै यस प्रकारकाे ताेडफाेडले स्थानीयहरू दुखित भएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology