Logo

२०८३, आश्विन १०गते


images
images

तिनमुखे पुललाई थप सुधारकाे माग, आन्तरिक पर्यटकको संख्यामा वृद्धि

तिनमुखे पुललाई थप सुधारकाे माग, आन्तरिक पर्यटकको संख्यामा वृद्धि

images
  • सेतोमसी सहकर्मी
  • तिनमुखे पुललाई थप सुधारकाे माग, आन्तरिक पर्यटकको संख्यामा वृद्धि
    images
    images

     

    images
    images
    images

    कृष्ण अन्जान, गुल्मी ।  नेपाल झुलुङ्गेपुल डिभिजन केन्द्रिय कार्यालयबाट आएकाे प्राविधिक सहित स्थानीय सराेकारवालाहरुकाे  टाेलीले रुरुधामकाे तिनमुखे पुलकाे निरिक्षण गरेकाे छ । 

    images
    images
    images

    टाेलीमा  झाेलुँगेपुल डिभिजनका प्रकाश चौतारे र गोपाल बहादुर थापा, ठेकेदारको तर्फबाट निर्माण जिम्मा लिने करणजित बर्मा, सरकारको तर्फबाट रेखदेखको जिम्मा लिने उजिर खान, रुरु वार्ड १ का वार्ड अध्यक्ष नवराज बिक, सन्चारकर्मी  चिरञ्जीवी ज्ञवाली लगायतको टिमले पुलको निरीक्षण गरेका थिए ।
     
    निरिक्षणका क्रममा पुलमा  देखिएका समस्याबारे जानकारि गराउँदै रुरुधामका सराेकारवाला हरुकाे टिमलेले  डिभिजन कार्यालय समक्ष केही सुझाव र मागहरु राखेकाे सन्चारकर्मी चिरन्जिवि ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images

    मुख्यरुपले पुलमा लाइटहरु कम भएको हुँदा तत्काल लाइटहरु थप गर्नुपर्ने पुलको हिड्ने क्याप वरिपरि जोखिम भएको र बच्चा र अन्य व्यक्तिहरुपनि  झुक्किन सक्ने भएकोले तत्काल सुरक्षित जाली लगाउनु पर्ने, स्याङ्जा तर्फको पिलर र ब्लक थप सुरक्षित र बलियो बननाउनु पर्ने, पुलमा सिसी क्यामेरा राख्नुपर्ने र पुलकाे भ्युटावरकाे सबैभन्दा माथि ठुलाे राष्ट्रिय झण्डा राख्नु पर्ने सुझाव सहितकाे माग गरेका छन ।

    रिडीवासी सराेकार सुझाव सहितको मागबारे  झाेलुँगे पुल  डिभिजन कार्यालय सकारात्मक रहेकाे  र  काम तत्काल सुरु  गर्ने प्रतिबद्धता गरिएकाे छ।
      
    धार्मिक क्षेत्रको रुपमा परिचित रहेर पनि विकासले लामो समय ओझेल परेको यो क्षेत्र पछिल्ला केही वर्षदेखि यहाँ बनेकाे एसियाकै एकमात्र तिनमुखे पुलका कारण आकर्षणको केन्द्र बन्न पुगेको छ । धार्मिक पर्यटनका लागि प्रसिद्ध गन्तव्य बन्न सक्ने गरि रुरुक्षेत्रको रुरुधाममा यतिबेला सँरचना हरु बनिरहँदा यहाँको तिनमुखे पुलले विशेष महत्व राख्दछ ।

    रिडी संगम झोलुङ्गे पुल नाम दिइएको तीनमुखे पुलको निर्माण कार्य करिब  सकिएको छ र उद्घाटनकाे पर्खाइमा छ । 

    विक्रम सम्वत २०७१ असार १० गते सम्झौता भई काम शुरु भएको यो परियोजना काम शुरु भएको मितिले एक हजार पन्चानब्बे दिनमा सम्पन्न हुनु पर्ने थियो । तर, समय यसरी लम्वियो कि करिब सात वर्षमा यो पुल सम्पन्न भएकाे हाे ।

    शुरुमा नयाँबाटो रुबिना मना जेबीले सम्झौता गरेको यो परियोजनालाई पछिल्लो पटक जलप नेपाल प्राईभेट लिमिटेडले लिएपछि निर्माणमा गति लिएको हो । 

    चौध करोड छत्तिसलाख बाह्र हजार पाँचसय तेईस रुपैयाँको ईस्टिमेटको यो पुल नौ करोड अठासीलाख छब्बीस हजार तिनसय बिस रुपैयाँमा टेन्डर भई काम शुरु भएको हो ।

    अघिल्लो निर्माण कम्पनीबाट २०७५ सालको श्रावण महिनामा जलप नेपालले अख्तियारनामा लिई निर्माण कार्यको जिम्मा लिएपनि कोभिडको कारण र गतवर्ष कालिगण्डकीमा आएको बाढीले निर्माणका लागि लठ्ठामा क्षति पुर्याएपछि वाध्यतावस निर्धारित समयभन्दा दुईवर्ष पछि पुल सम्पन्न भएकाे हाे ।

    यो पुलको सँरचनामा कालिगण्डकी नदि र रिडीखोलाको संगममा पच्चीस मिटर अग्लो टावर निर्माण भएको छ जुन नौमिटर गोलाईमा साततला रहेको छ । यहिटावरमा बिचबाट भर्याँग राखिएको छ र माथिल्लो तलाबाट यो क्षेत्रको अवलोकन गर्न सकिने गरि भ्युटावर रहेकाे छ । 

    यहि टावरबाट स्याङ्जाको किपट गुल्मीको रिडी बजार र पाल्पाको ऋषिकेश क्षेत्रमा पुग्ने गरि तिन जिल्लालाई जोड्ने गरि हरेक तिर एक सय सतहत्तर दशमलव चार मिटरका झोलुँगे पुलहरु निर्माण भएका छन । चौवालीस एमएम डाएलको चार मेन केवलसँगै स्टिल डेक र वाक वे बिम पुलमा प्रयोग भएको निर्माण कम्पनी जलप नेपाल चितवनले जनाएको छ । 

    मुख्य रुपले मोटरेवल ब्रिज, सस्पेन्सन ब्रिज, बिजुलीका स्टिल पोल, लगायत निर्माण गर्ने ग्याल्भनाईजिँग प्लान्ट रहेको जलप नेपाल प्राईभेट लिमिटेडले पुल सम्पन्न गर्ने जस लिन सफल भएको छ । 

    पुलकाे निर्माण  सकिँदै गर्दा पुल हेर्न आउने आन्तरिक र वाह्य पर्यटक पनि तेत्तिनै रुरुक्षेत्रमा खनिन थालेका छन ।

    दैनिक चार देखि पाँच बस आन्तरिक पर्यटक रुरुधाममा आउँछन केही यतै वस्छन जस्ले गर्दा होटल पनि दैनिक भरिएका छन होटल रायमाझी एण्ड लज  रिडीका सञ्चालक बिक्रम रायमाझीले  बताए । 

    कालिगण्डकी स्नान पछि ऋषिकेश दर्शन र त्यसपछि पुलको अवलोकन सेल्फिसँगै फोटो खिच्नेकाममा पर्यटक हरुको आकर्षण बढेको छ ।

    पछिल्लो चरणमा पुलमा लाईट जडान  गरिएपछि रातिमा पुलकाे सौन्दर्य हेर्न लायक बनेकाे छ ।

    रुरुक्षेत्र हुँदै मुक्तिनाथसम्म पुग्ने कालिगण्डकी करिडोर, यहिक्षेत्रबाट मदन भण्डारी राजमार्ग, पोखरा सुर्खेत लगायतका क्षेत्रका साथै ढोरपाटन लगायतका पर्यटकिय क्षेत्रमा जाने सडक सँरचाना बनिरहँदा र रिडीकै कायापलट हुने गरि रुरुधाम बृहत्तर परियोजनाको निर्माण कार्य पनि जारी रहँदा रुरुधाम धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्नेमा दुईमत छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिनमुखे पुल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।