कृष्ण अन्जान, रुरुधाम गुल्मी । रुरुधामको धार्मिक पर्यटन प्रवर्द्धसँगै यसक्षेत्रका भूसंरक्षणका l लागि शुरु भएको कालीगण्डकी र रिडीखोला तटबन्ध निर्माण कार्य बजेटको अभावमा रोकिएको छ ।
निर्माण कार्यको ६० प्रतिशत काम सम्पन्न भईसकेको र चालिस प्रतिशत काम बाँकि रहँदा बजेटको अभावका कारण काम गर्न नसकिएको ठेकेदार कम्पनी शर्मा सगुनको सव ठेकेदार कम्पनी विडारी कन्ट्रक्सनका पुरुषोत्तम पौडेलले बताए ।
काम जारी रहँदा साढे चारकरोडको विल पेश गरिएको र उक्त विल पास भइसकेको तर बजेटको अभावमा रकम प्राप्त नभएपछि हामीले काम गर्न सकेनौं र काम गर्न सक्ने अवस्था रहेन पौडेलले भने ।
रिडीखोला क्षेत्रको तटबन्ध निर्माणको काम यस्तो ठाउँमा आएर रोकिएको छ कि रोकिएको ठाउँ माथि रिडीको तिनमुखे पुलको गुल्मी तिरको भागको चेम्बर छ ।
काम रोकिएको ठाउँमा फाउण्डेसन खनिएको छ तर तटबन्धको काम नभए पछि यो पुलको गुल्मी तिरको पिल्लर जोखिममा छ ।
जेठ लागिसकेको छ अव वर्षाको मौसम यस्तै अवस्था रहे उर्लेर आउने कालीगण्डकी र रिडीखोलाले यो क्षेत्रमा कटान गर्दा तिनमुखे पुललाई असर गर्न सक्ने सँभावना अधिक छ यो एउटा चिन्ताको विषय हो रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले भने । अवस्था सँवेदनशिल छ यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षित हुनु जरुरी छ वडाध्यक्ष विकले भने ।
यस सम्बन्धमा प्रदेश सरकार र सँघिय सरकारलाई पटक पटक ध्यानाकर्षण गराईएपनि महत्त्व नदिएको निर्माण कम्पनीका पुरुषोत्तम पौडेलले भने ।
तटबन्ध निर्माणमा बजेटको समस्याले काम रोकिएपछि निर्माण कम्पनीको तर्फबाट पुरुषोत्तम पौडेल ,रुरुक्षेत्र गाउँपालिका वडा न १ वडाध्यक्ष नवराज विक, तानसेन नगरपालिका वडा न १४ का वडाध्यक्ष शोभाखर भट्टराई ,रिडी टोल विकास समितिका अध्यक्ष प्रेम भण्डारी ,तटबन्ध निर्माण अनुगमन समितिका हिमाल श्रेष्ठको टोली लुम्बिनी प्रदेश सरकार सँग डेलिगेशनका गएर बजेट माग गरेकाे छ ।
२०७९ मङ्सिर २ गते निर्माण कार्य सम्पन्न गर्ने गरि २०७७ जेठ ११ गते यो परियोजनाको ठेक्का सम्झौता भएको थियो ।
जस अनुसार २ हजार ८ सय २० मिटर लामो र सातमिटर अग्लो तटबन्धन निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।
यो परियोजनाको निर्माण कार्य सम्पन्न हुँदा रुरुधामको नदिकटानको समस्या समाधान र धार्मिक मठ मन्दिरको भुसँरक्षणमा नदिजन्य विपदबाट तटबन्धको कारणले सुरक्षा हुनेमा रुरुधाम बासि हरु ढुक्क थिए तर मनसुनी वर्षा शुरु हुनै लाग्दा फाउण्डेसन खनेको क्षेत्रमा तटबन्धको काम अगाडि नबढे पछि रुरुधाम बासिलाई सँभावित खतराले चिन्ता उत्पन्न गराएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology