गुल्मी । नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य डा . चन्द्र भण्डारीले दक्षिण एसियाकै नमुना तिनमुखे पुलको श्रेय गुल्मेली जनतालाई दिएका छन ।
गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने दक्षिण एसियाकै नमुना तिनमुखे पुलको शुक्रबार अवलोकन गरेपछि सामाजिक संजालमा लेख्दै नेता डा. भण्डारीले आफुलाई २०७० सालमा गुल्मेली जनताले आफुलाई संबिधान सभा सदस्यमा निर्वाचित गराएकै कारण पुल निर्माण भएको आसय सहित भण्डारीले गुल्मेली जनतालाई यस्को श्रेय दिएका छन् । 
पुल अवलोकन पछि नेता भण्डारीले तत्कालीन मुख्य सचिब लिलामणी पौडेल र आफुले संयुक्त रुपमा सिलान्यास गरेको स्मरण गर्दै निर्माणमा खट्ने सबैलाई धन्यवाद दिएका छन् ।
नेता भण्डारी सहित पुल अवलोकनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापती भुबन श्रेष्ठ , नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञवाली , उद्योगपती शंकर टण्डन , कांग्रेस नेता किशोर श्रेष्ठ , अमुल्य श्रेष्ठ लगायतको टोली पुगेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology