कृष्ण अन्जान, गुल्मी । संघसंस्थाहरुकाे रचनात्मक कामले समाजमा सकारात्मक सन्देश जाने रुरुक्षेत्रकाे रिडीमा विहिवार आयाेजित एक कार्यक्रमका वक्ताहरूले जाेड दिएका छन ।
चाईना फाउण्डेशन, अलिबाबा संस्था र हिमानीकाेषले संयुक्त रुपमा व्यवस्थापन गरेकाे शैक्षिक सामाग्री सहितकाे व्याग वितरण कार्यक्रममा बाेल्दै रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले शैक्षिक उन्नयन र विद्यार्थीहरुलाई विद्यालय जानुपर्छ भन्ने कुरामा उत्प्रेरणा गरेकाे बताउँदै याे वा त्याे नभनिकन आफ्नो तर्फबाट जे सकिन्छ त्याे समाजलाई दिनुपर्ने बताए ।
व्याग वितरण कार्यक्रममा बाेल्दै चाईना फाउण्डेशनका प्रतिनिधि मंगल बहादुर रेगामीले विद्यालयहरुमा विद्यार्थी भर्ना दर कम हुँदै गर्दा विद्यार्थीलाई विद्यालय आउन उत्प्रेरणा हाेस भनेर चाईना फाउण्डेशनले विद्यालयका तल्ला कक्षाका विध्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितकाे व्याग वितरण गरेकाे बताए ।
व्याग वितरण कार्यक्रममा बाेल्दै रेगामीले समाजप्रति जिम्मेवार रहँदै याे क्षेत्रका पत्रकार कृष्ण अन्जानले रुरुक्षेत्र १ का झाेला वितरणका लागि पटक पटक आफुसँग आग्रह गरेपछि व्याग वितरण संभव भएकाे उल्लेख गरे ।
कार्यक्रममा आफ्ना धारणा राख्दै रिडी माध्यमिक विद्यालयका प्राचार्य राेहित भण्डारीले शैक्षिक सामाग्री वितरणमा रिडी माध्यमिक विद्यालयलाई छनौट गरिएकोमा चाईना फाउण्डेशनलाई धन्यवाद ज्ञापन गरे ।
फाउण्डेशनले गुल्मीका विभिन्न गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री सहितकाे व्याग वितरण कार्यक्रम जारी राखेकाे छ ।
रिडी माध्यमिक विद्यालयमा कक्षा आठ सम्मका २ सय ७९ छात्र छात्राहरुलाई व्याग वितरण गरिएकाे थियाे ।
सो कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology