Logo

२०८३, आश्विन १२गते


images
images

रिडिको तिनमुखे पुलमा पर्यटककाे घुइँचो

रिडिको तिनमुखे पुलमा पर्यटककाे घुइँचो

images
  • सेतोमसी सहकर्मी
  • रिडिको तिनमुखे पुलमा पर्यटककाे घुइँचो
    images
    images

    कृष्ण अन्जान, रुरु । नयाँ वर्षको पहिलाे दिन रुरुधाममा तिर्थालुहरुकाे  ओईराे लाग्याे । यसैपनि रुरुधामबाट बगने पवित्र कालिगण्डकी नदिमा स्नान गरि ऋषिकेशका साथै यहाँ रहेका मठ मन्दिरमा दर्शन गर्न आउनेकाे बैशाखे शक्रान्ति देखि चहल पहल शुरु हुन्छ र याे निरन्तरता वर्षै भरि रहन्छ । अौशि पुर्णिमा एकादशि लगाएतका हिन्दुका तिथीबारमा कालिगण्डकी नदिकाे स्नान र मठमन्दिरकाे दर्शन चलिरहन्छ र मुख्य रुपले कात्तिककाे ठुला एकादशि ,द्वादसीमा मनाईने ऋषिकेश जात्रा ,माघेसक्रान्ति मेला रुरुधामका ठुला पर्व र मेला हुन भने यसकाे शुरुवात हरेक नयाँवर्ष बाट शुरु हुन्छ ।

    images
    images
    images

    रुरुधाम आफैमा अत्यन्तै महत्त्व राख्ने धार्मिक स्थल हाे र यहाँकाे पौराणिकताले रुरुधामलाई सबैतिर परिचित गराएकाे त छँदैछ तर पछिल्लो पटक रुरुधाममा निर्माण भएकाे तिनमुखे पुलका कारण रुरुधाममा आउने आन्तरिक र धार्मिक पर्यटककाे सँख्या ह्वात्तै बढेकाे छ । दैनिक चालिस देखि पचास वटा गाडि रुरुधाममा आउने गरेकाे र पुलकाे अवलाेकन गर्ने फाेटाे खिचाउने सेल्फि लिने हरु बिहानै देखि साँझ सम्म पुलमा डमक्कै ढाकिने गरेकाे स्थानीय मेघराज ज्ञवालीले बताए ।

    images
    images
    images

    पहिले रुरुधाममा कालिगण्डकी नुहाउन ,भगवान ऋषिकेशकाे दर्शन गर्न भक्तालुहरु  आउँने गर्थे पछिल्लोपटक तिनमुखे पुल बनेपछि त दिनदिनै यहाँ आउने हरुकाे जात्रै लाग्न थालेछ रुरुक्षेत्र गाउँ पालिका ३ फेक्लदिका लेखनाथ गौतमले बताए ।

    images
    images
    images

    पर्वहरुमा तिर्थालु अब कालिगण्डकी नुहाउन र मठकाे दर्शन गर्न मात्र रुरुधाममा आउँदैन तिनमुखे पुलले पर्यटनकाे नया गन्तव्य बनेकाे र कालिगण्डकी करिडोर लगाएतका रुरुधाम हुँदै जाने सडककाे स्तराेन्नतीले रुरुधाममा आन्तरिक र वाह्य पर्यटक हरु धान्नै नसकिने गरि आउने रुरुक्षेत्र ३ का समाजसेवी हुतराज गौतमकाे भनाई छ ।

    स्याङ्जा पाल्पा र गुल्मी जाेड्ने तिनमुखे पुलकाे निर्माणले रुरुधाममा पर्यटक हरु ओईरिन थालेपछि यहाँका हाेटल व्यवसायी हरुपनि उत्साहित देखिन थालेका छन । तिनमुखे पुलका कारण हाेटल व्यवसायि हरुकाे व्यापार बढेकाे छ र दैनिक जसाे नै पर्यटक हरुका ताँती लागेपछि रुरुधाममा चहल पहल समेत बढेकाे छ रुरुधामका पुराना हाेटल व्यवसायी सुरज गुरुङले भने ।
    रुरुधामकाे वृहत्तर विकास सँगै धार्मिक पर्यटनको प्रमुख गन्तव्य याे क्षेत्र बनिरहँदा मुख्यतया सुविधा सम्पन्न हाेटल लज हरुकाे आवस्यकता देखिएकाे छ ।

    मुस्किलले रुरुधाममा करिब डेढदर्जन साना ठुला हाेटल हरु रहेपनि अझै हाेटल र रिसाेर्टकाे कमि महशुस गरिएकाे छ । रुरुधामलाई लक्षित गरि पाल्पाकाे  अर्गली रुरुक्षेत्र काे च्यूरेक ,मसौदि ,याढुँग स्याङ्जाको किपट क्षेत्रमा ठुला रिसाेर्ट र हाेटल हरुकाे निर्माणका लागि पहल गरिनु पर्छ । यसैगरि ठुला पार्क ,पिकनिक स्पाेट ,काे व्यवस्थापन हुन सके पर्यटक हरुलाई झनै आकर्षण गर्न सकिने देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरूक्षेत्र
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।