Logo

२०८३, श्रावण ३०गते


images
images

जेष्ठ नागरिकलाई देवदहमा कम्बल वितरण

जेष्ठ नागरिकलाई देवदहमा कम्बल वितरण

images
  • जेष्ठ नागरिकलाई देवदहमा कम्बल वितरण
    images
    images

    देवदह । देवदह नगरपालिका–१२ का ४३ जना जेष्ठ नागरिकलाई जाडोमा कम्बल वितरण गरिएको छ । सोमबार वडा कार्यालय परिसरमा जेष्ठ नागरिकहरूलाई कम्बल वितरण गरेर सम्मान गरिएको वडा अध्यक्ष डेग बहादुर सारुले बताए ।
     
    चिसोको समयमा न्यानोका लागि राहत होस् भन्ने उद्देश्यले कम्बल वितरण गरेको वडा अध्यक्ष सारुले बताए । ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न र उनीहरुको मनोबल उच्च राख्न सम्मान गरिएको उल्लेख गर्दै अध्यक्ष सारुले जेष्ठ नागरिकहरुको लागि आगामी वर्ष पनि विषेश कार्यक्रम सञ्चालन गरिने  बताए।

    images
    images
    images

    वडाभित्रका ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई चिसो मौसमसँगै कम्बल वितरण गरिएको वडा सचिव हरि भट्टराईले बताए । ‘जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक एक थान कम्बल वितरण गरिएको छ,’ उनले भने, ‘जसले गर्दा जेष्ठ नागरिकलाई न्यानोको अनुभूति होस ।’

    images
    images
    images

    कम्मल वितरण कार्यक्रममा वडा अध्यक्ष सारुको, महिला वडा सदस्य उमा राना, वडा सचिव हरि भट्टराई लगायतको सहभागिता थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।