कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्रकाे रुरुधाम ऋषिकेशकाे मन्दिरकै कारण प्रसिद्ध छ ।
ऐतिहासिक धार्मिक र साँस्कृतिक महत्वकाे याे मन्दिरकाे स्थापना र ऋषिकेश भगावानकाे मुर्ति राख्ने काम पाल्पाली राजा मणि मुकुन्द सेनले गरेक थिए ।
स्थापनाकाल देखि हालसम्म धेरै पटक मन्दिरको पुनर्निर्माण भईसकेकाे छ भने पछिल्लो चरणमा ऋषिकेश मन्दिर परिसरमा मार्वल विछ्याउने काम शुरु भएकाे छ । नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीकाे विशष पहलमा ऋषिकेश परिसरमा पुनर्निर्माणकाे कामले गति लिएकाे छ ।
मन्दिर परिसरमा मार्वल बिछाउने ऋषिकेश मन्दिर अगाडिकाे घण्टलाई पुन काठमा झुण्ड्याउने, मन्दिर परिसरमा आउने भलपानीलाई व्यवस्थित गर्नेसँगै राधाकृष्ण मन्दिरकाे झिँगटिकाे छानाे प्रतिस्थापन गरि तामाकाे छानाे लगाउने कार्य शुरुवात भएकाे ऋषिकेश मन्दिर व्यवस्थापन समितिका सदस्य जीवन कसजुले बताए ।
ऋषिकेश मन्दिर व्यवस्थापन समितिका सदस्य र सराेकारवालासँग नेपाल पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक शुसिल ज्ञवालीसँग गरिएको अन्तरकृया पछि प्राधिकरणकाे बजेटले यतिबेला काम भईरहेकाे कसजुको भनाई छ ।
लामाे समय देखि ऋषिकेश मन्दिर पुनर्निर्माण, भेटि व्यवस्थापन पुजारीकाे नियुक्ति गुठि व्यवस्थापन लगाएतका विषयमा जनचासाे देखिएपछि मन्दिर व्यवस्थापन समितिले याे कुरालाई गम्भिरता पुर्वक लिँदै काम अगाडि बढाउने बताएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology