कष्ण अन्जान, गुल्मी । भविष्यकाे संभावनालाई देखेर बर्तमानमा व्यवसायमा मान्छेले लगानी गर्छ । रुरुक्षेत्रकाे रुरुधाममा पनि यतिबेला हाेटल क्षेत्रमा लागानि कर्ता हरुले लगानि गर्न थालेका छन ।
विगत एक वर्ष देखि बसपार्क क्षेत्रमा स्थानीय युवा शैलेन्द्र दर्लामीले करिव तीन कराेडकाे लगानीमा हाेटल विहानी सन्चालनमा ल्याउनु भएसँगै रिडीबजारमा सुविधा सम्पन्न हाेटलहरुकाे निर्माण कार्यले तिब्रता पाएकाे छ ।

लगानि ठुलै लगाएर सुविधा सम्पन्न काेठाहरु, ताताे चिसाे पानीकाे व्यवस्था सहितका एअर कन्डिसनका काेठाहरु सहितकाे हाेटल विहानी रुरुक्षेत्रकाे सुविधा सम्पन्न हाेटल हाे ।
रेष्टुरेन्ट बार सहित विभिन्न खानाका परिकार पस्कँदै आईरहेकाे हाेटल विहानी विशेषत तन्दुरी राेटिका लागि याे क्षेत्रकै ब्रान्ड मानिन्छ ।
पछिल्लो पटक गाेष्टी र सेमिनारका लागि हल समेत निर्माण गरेकाे हाेटल विहानि रिडी वसपार्क देखि पचास मिटर पुर्व कालिगण्डकी करिडोर सँगै रहेकाे छ ।
यसै गरि पछिल्लो पटक रुरुक्षेत्र ३ मुसिडाँडाका युवा उधमी नारायण ज्ञवालीले तीन कराेडकाे लागतमा हाेटल क्राउन सन्चालनमा ल्याएका छन् ।
कालिगण्डकी र रिडी खाेलाकाे सँगम नजिकै कालिगण्डकी करिडारकाे छेउँमै सन्चालन गरिएकाे हाेटल क्राउन छाेटाे समयमै चर्चामा छ ।

दुईवटा सभाहल सहित सुविधा सम्पन्न ताताे चिसाे पानी र एअरकन्डिसन काेठाहरु सहितकाे हाेटल क्राउनमा चाईनिज कन्टिनेन्टल तथा स्थानिय स्वादकाे मज्जा लिन सकिन्छ ।
क्राउन हाेटलकाे अर्काे विशेषता रुरुक्षेत्रबाट बग्ने कालिगण्डकी रिडी खाेलाकाे वहावका साथै ऋषिकेश मन्दिर र किपटकाे हनुमान स्थानकाे हरेक तलाबाट अवलाेकन गरि आनन्द लिन मिल्छ भने हाेटल नजिकैबाट तीन मुखे पुलकाे शयर गर्न सकिन्छ ।
रिडी वसपार्कबाट करिव चारसय मिटर पुर्वमा रहेकाे हाेटल क्राउन विशेष गरि रिडीमा आन्तरिक पर्यटककाे आकर्षण त बनेकाे छ नै स्थानीयहरुले विवाह तथा जन्माेत्सवका लागि हाेटल क्राउन नै राेज्ने गरेकाे हाेटल सन्चालक नारायण ज्ञवालीले बताए ।
यसै गरि रिडीबजारका हाेटल व्यवसायी बिक्रम रायमाझी पनि सुविधा सम्पन्न हाेटल निर्माणकाे अन्तिम चरणमा हुनुहुन्छ बसपार्क क्षेत्रमा रायमाझीले हाेटल निर्माण गरिरहेका छन ।
मुख्यत रुरुधाममा बन्दै गरेकाे तिनमुखे पुल कालिगण्डकी करिडाेर रुरु बृहतर धार्मिक पर्यटन सँरचनाकाे निर्माणले हाेटल व्यवसाय बढ्न थालेपनि याे क्षेत्रमा जग्गाकाे पर्याप्तता नहुँदा अझै सुविधा सम्पन्न हाेटल लज र रिसाेर्टका लागि स्याङ्जाको किटप रुरु २ काे याढुँग रुरु १ काे च्यूरेक क्षेत्रमा ठुला हाेटल रिसाेर्ट र लजका निर्माणका लागि पहल गरिनु पर्ने देखिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology