Logo

२०८३, श्रावण ३०गते


images
images

०८४ को निर्वाचनपछि रास्वपाको एकल सरकार बन्छः रवि लामिछाने

०८४ को निर्वाचनपछि रास्वपाको एकल सरकार बन्छः रवि लामिछाने

images
  • ०८४ को निर्वाचनपछि रास्वपाको एकल सरकार बन्छः रवि लामिछाने
    फाइल फोटो
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी २०८४ सालको निर्वाचनपछि आफूहरुको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् ।

    images
    images
    images

    आज (शनिबार) बुढानीलकण्ठमा पार्टीको नगर भेलालाई सम्बोधन गर्दै उनले ०८४ मा रास्वपाको एकल सरकार बनाउन रोक्ने कसैको पनि तागत नभएको बताएका हुन् । साथै, उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई मिसन ०८४ मा लाग्नसमेत निर्देशन दिए । मिसन ०८४ का उद्देश्य असल मान्छेलाई पार्टीमा प्रवेश गराउनु रहेको उनले बताए ।

    images
    images
    images

    आफूहरु कुनै राजनीतिक दलको पछि नलागेको समेत उनले बताए । रास्वपा कुनै राजनीतिक दलको पछि नलागेर केवल जनताको मुद्दाका पछि लागिरहेको उनको दाबी छ । उनले आफूहरुलाई रास्वपा पनि उस्तै राजनीतिक दलजस्तै हो कि भन्ने भाष्य चार पाँच वर्षमाल बनाईन्छ कि भन्ने डर रहेको बताए ।

    images
    images
    images

    ‘पछिल्ला संसदीय हाम्रो उपस्थितिमा यहाँहरुले थाहा पाउनु भएको छ होला, कुनै दलको पछि लाग्यो, यसको पछि लाग्यो, उसको पछि लाग्यो भन्ने आरोप हामीले सुरुवातदेखि भोग्दै आएका हौं । रास्वपा कसैको पछि लागेको छैन, यो केवल नागरिकको मुद्दाहरुको पछि लागेको छ । कुनै राजनीतिक दलको पछि लागेको छैन । कहिल्यै लाग्नेवाला पनि छैन,’– लामिछानेले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।