Logo

२०८३, श्रावण ३०गते


images
images

स्वतन्त्र गजल अभियानद्वारा सातै प्रदेशमा प्रतिनिधि चयन 

स्वतन्त्र गजल अभियानद्वारा सातै प्रदेशमा प्रतिनिधि चयन 

images
  • स्वतन्त्र गजल अभियानद्वारा सातै प्रदेशमा प्रतिनिधि चयन 
    images
    images

    नुवाकोट । स्वतन्त्र लयका गजलको संरक्षण र सम्बर्द्धनका लागि स्वतन्त्र लयमा गजल लेख्नेहरूलाई एकजुट भएर साझा मञ्चमा खडा गर्ने उद्देश्यका साथ सातै प्रदेशमा प्रतिनिधि नियुक्त गरिएको छ । 

    images
    images
    images

    संयोजक समेत रहेका बिपिन सलामीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ - "स्वतन्त्र लयमा लेखिएका गजल नै नेपाली माटोका गजल हुन् भन्ने कुरालाई मनन् गर्दै तपाई/हामी मिलेर साझा धारणा बनाउन जरुरी भइसकेको यो अवस्थामा मिलेर सहकार्य गर्नुको कुनै विकल्प नरहेको कुरा अवगत गराउँदै हामीले प्रदेश नं १ देखि प्रदेश नं ७ सम्म अभियान चलाएर प्रादेशिक रुपमा सङ्गठित हुने अभियानमा छौँ। सामाजिक सञ्जालमा हामी स्वतन्त्र लयका गजलको पाठशाला बनाउनेदेखि लिएर नव सर्जकदेखि पुराना सर्जकसम्म सहजै पुग्ने एउटा पुलको निर्माण गर्ने सोचमा छौँ। यसले गजल स्तर उन्नतिको दायरालाई अझै फराकिलो बनाउनेछ भन्ने कुरामा हामीले विश्वास गरेका छौँ।" 

    images
    images
    images

    बिज्ञप्तीमा अनुशासन पनि गजलको महत्त्वपूर्ण पाटो हो भन्ने कुरालाई मनन् गर्दै अभियानलाई नकारात्मक प्रभाव पार्ने खालका कुनै पनि वादविवादमा संलग्न नभइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ । स्वतन्त्र लयात्मक गजल लेखनमा लाग्नु भएका तपाईं, हामी सम्पूर्ण गजलप्रेमी पाठक र सर्जकहरू सङ्गठित हुने लक्ष्यमा छौँ। यो अभियानका लागि प्रदेश प्रतिनिधि तोकिएको कुरा जानकारी गराउँदै सबैलाई आ- आफ्नो प्रदेश स्तरका प्रतिनिधिहरूसँग सम्पर्कमा रहेर आफ्ना विचार सहित साथ,सहयोग र समर्थन जनाई एकीकृत भइदिनु हुन हार्दिक अपिल गर्दछौं। 

    images
    images
    images

    सम्पर्क प्रदेश प्रतिनिधि :- 

    प्रदेश नं.१- रोमु अधिकारी
    प्रदेश नं.२- लीलाराज दाहाल
    बागमती प्रदेश - अम्बिका कार्की
    गण्डकी प्रदेश - मिलन समीर 
    लुम्बिनी प्रदेश- नकुल पौडेल
    कर्णाली प्रदेश- धिरेन अनुपम
    सुदूरपश्चिम प्रदेश-दिर्गराज प्रिय

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गजल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।