काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बुटवल पुगेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नै सक्रियताका कारण तस्करीको सुन बरामद भएको दाबी गरेका छन् ।
आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेपछि १ सय किलो सुन बरामद भएको उनकाे दाबी छ।
साेमबार बुटवल पत्रकारहरूसँग कुराकानीकाे क्रममा उनले आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन बरामद भएको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताए ।
सुन बरामद प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कांग्रेस सांसद डा. सुनिल शर्माको अभिव्यक्तिबारे महतले शर्माको अस्पतालले स्वास्थ्य बीमा बोर्डको बीमा रकम नपाएका कारण मनपरी बोलेको आरोप लगाए।
पार्टीको केन्द्रीय समिति बैठक लाइभ हुँदा बाहिर चर्चाका लागि बोल्ने नेताहरुबारे भ्रम हटेको पनि प्रवक्ता महतकाे भनाइ छ।
आर्थिक वर्ष सुरु भएसँगै सरकारको खर्च गर्ने क्षमता बढ्न थालेको र यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अर्थमन्त्री महतले उल्लेख गरेका छन्।
साथै, उनले मौद्रिक नीति जारी भएसँगै निजी क्षेत्रको गतिविधि बढ्ने विश्वास व्यक्त समेत व्यक्त गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology