Logo

२०८३, श्रावण ३०गते


images
images

सय केजी सुन प्रकरणमा ओलीले मागे गृहमन्त्रीको जवाफ, जथाभावी नबोल्न चेतावनी

सय केजी सुन प्रकरणमा ओलीले मागे गृहमन्त्रीको जवाफ, जथाभावी नबोल्न चेतावनी

images
  • सय केजी सुन प्रकरणमा ओलीले मागे गृहमन्त्रीको जवाफ, जथाभावी नबोल्न चेतावनी
    फाइल फोटो
    images
    images

    काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागेका छन् ।

    images
    images
    images

    सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन भनेर प्रश्नसमेत गरे ।

    images
    images
    images

    कम्बोडिया भ्रमणबाट गएराति स्वदेश फर्किएका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले आफ्नो संलग्नता छ छैन यसमा भन्ने स्पष्ट पार्नुपर्ने माग गरे । सानोतिनो संलग्नताबाट यति धेरै सुन तस्करी सम्भव नभएको भन्दै ओलीले गृहमन्त्रीको संलग्नता छ कि छैन छैन भने कसको संलग्नता छ, को छ यसमा भन्ने प्रश्न गरे ।

    images
    images
    images

    गत मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको करिब एक क्विन्टल सुन बुधबार भन्सार जाँच पास भएर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेको पर्सिपल्ट उपप्रधानमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको अनुगमन गर्ने क्रममा मन्त्री श्रेष्ठले सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र कुनै टार (बालुवाटार) को वा कुनै कोट (बालकोट) को भए पनि नछाड्ने प्रतिक्रिया दिएका थिए ।

    कम्बोडिया भ्रमणबाट फर्किएपछि ओलीले गृहमन्त्री श्रेष्ठको यही अभिव्यक्तिलाई लिएर प्रश्न गर्दै मन्त्री श्रेष्ठको त्यो अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार भएको बताए ।

    ओलीले जथाभावी नबोल्न गृहमन्त्री श्रेष्ठलाई सचेत गराए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।