बुटवल । बुटवलको दीपनगरस्थित साइनिङ्ग स्टार इङ्गलिश बोर्डिङ्ग स्कुलले डेंगु सचेतना कार्यक्रम गरेको छ। डेंगुका विरामी बढेपछि रोकथाम र नियन्त्रणका लागि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले घरदैलोमार्फत जनचेतना गराई खोज र नष्ट गर कार्यक्रम सम्पन्न गरेका हुन् ।
रुपन्देहीमा डेंगुको लक्षण देखिएकाले यसलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विद्यालयका सह प्राचार्य शम्भु पाण्डे तथा अतिरिक्त क्रियाकलाप संयोजक कृष्ण बहादुर कार्कीले बताए । विद्यार्थीले आ-आफ्ना अभिभावक लगायत दीपनगरको टोलमा सचेतना फैलाएको विद्यालयले उनले बताए ।
कार्यक्रममा डेंगुबाट बच्ने उपायका बारेमा माइकिङ, ब्यानर, प्लेकार्ड, सरसफाइका सामान लिएर जमेको सफा पानीमा मोबिल हाल्ने काम समेत गरिएको थियो। कार्यक्रममा कक्षा ५ देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु समावेश भएको विद्यालय प्रसाशनले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology