धुर्ब लामिछाने, देवदह । लामखुट्टटेको टोकाइबाट सर्ने डेंगु रोग अहिले रुपन्देहीमा पनि महामारीको रूपमा फैलिदै गएको छ।
रुपन्देहीको मुख्य शहर बुटवलमा गएको केही हप्ता अगाडिदेखि नै डेंगु रोग धेरैजनामा देखिसकेको छ। डेंगुका कारण हुने रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाउनुपर्ने भन्दै रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत वडा नं ११ र १२ मा डेंगु रोग सम्बन्धी पाँचदिने सचेतना एबम् सरसफाई अभियान कार्यक्रम सञ्चालन गरिएको छ।
डेंगु राेग नियन्त्रण तथा न्युनिकरण अभियानमा सिक्टहन स्वास्थय चाैकी तथा वडा नं ११/१२ को सहकार्यमा वडा नं ११/१२ का वडा अध्यक्ष दूधनाथ यादव, डेग बहादुर सारु, स्वास्थ्य चाैकी प्रमुख रेशम सुनार, जनप्रतिनिधि, महिला स्वयंसेविका साथै स्थानियवासीहरुको सहकार्यमा पाँचदिने सचेतना एबम् सरसफाई अभियान सञ्चालन गरिएको हो।
डेंगु रोगबाट बच्नका लागि आफ्ना घर वरिपरि सफा जमेको पानी, टीनका डब्बाहरु, बोतल, बाटा, बाल्टिन, कुलर, ट्याङ्की जस्ता विभिन्न पानी जम्ने भाँडाकुँडामा पानी जम्न नदिन सबैले यसबारे ध्यान दिनुपर्ने स्वास्थय चाैकी प्रमुख रेशम सुनारले जानकारी दिए ।
पछिल्लो समय डेङ्गी रोग सबैतिर फैलिएको कारण पनि बेलैमा सचेत हुनुपर्ने स्वास्थ्य चाैकी प्रमुख सुनारको जोड थियो ।
विभिन्न सिसाका बोतल, टायर, नालाहरुमा धेरै मात्रामा सफा पानी जमेको देखिएको र यसरी पानी जन्म नदिन सबैलाई सचेत गराइएको वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारुले बताए । ११/१२ वडाका बजार, टोल टोलमा पुगी डेङ्गु सम्बन्धि सचेतना तथा सरसफाई अभियान कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
कार्यक्रमको आज दोश्रो दिन रेहारा हुँदै शंकरपुर सम्म डेङ्गु सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। सो अभियान अझै तीनदिनसम्म चल्नेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology