Logo

२०८३, श्रावण ३०गते


images
images

कुलो बनाउने क्रममा पहिरो जाँदा गुल्मीमा तीनजना घाईते 

कुलो बनाउने क्रममा पहिरो जाँदा गुल्मीमा तीनजना घाईते 

images
  • सेतोमसी सहकर्मी
  • कुलो बनाउने क्रममा पहिरो जाँदा गुल्मीमा तीनजना घाईते 
    images
    images

    कृष्ण अन्जान, गुल्मी  । जिल्लाको सत्यवति गाउँपालिका वडा न २ चेहेमीमा कुलाे बनाउने क्रममा माथिबाट झरेकाे ढिस्काेले पुरिएर तिनजना महिला घाईते भएका छन ।

    images
    images
    images

    घाईते हुनेहरुमा सत्यवति २ चेहेमीकी ६८ वर्षिय भगवती कुँवर, ४६ वर्षिय लक्ष्मी दर्जी र ४२ वर्षिय प्रेमकला कुवँर रहेकाे र तिनै जनाकाे पाल्पा स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेकाे स्थानीय शेर बहादुर कुँवरले जानकारी दिए ।

    images
    images
    images

    घाईते मध्ये भगवती कुँवर र लक्ष्मी दर्जीकाे अवस्था सामान्य रहेपनि प्रेमकला कुँवरकाे ढाडमा चाेट लागेकोले शनिवार राती नै अपरेशन गरिएकाे छ ।

    images
    images
    images

    गत साउन ८ गते राति परेकाे पानीले चेहेमी सिँचाइ आयाेजनाकाे कुलाे स्थानीय ढाेके खण्डमा पहिरो झरि अवरुद्द भएपछि उपभोक्ता हरुले सिठेझारा गरि कुलाे सुचारु गर्ने प्रयास गर्दा शनिवार अपरान्ह पहिरो झर्दा उनिहरुलाई कम्मर सम्म पुरेको र तत्काल उद्दार गरिएकाे थियाे ।

    गाउँभन्दा करिब सात किलोमिटर टाढा ठुलाेलुम्पेककाे शिरबाट बिक्रम सम्वत २०११ सालमा याे कुलाे निर्माण गरि चेहेमी सिँचाइ गरिन्छ ।


    याे कुलाेबाट स्थानीय चेहेमी फाँटमा ७५ हेक्टर क्षेत्रमा सिँचाइ हुँदै आएका र स्थानीय १ सय ५० घरधुरी लाभान्वित भएका छन ।

    कुलाे पहिराे गएपछि भर्खर राेपेकाे धानखेति प्रभावित भएकाे छ भने राेपाइँ ७ प्रतिशत मात्र भएकाे र ९३ प्रतिशत राेपाईँ हुन बाँकि रहेकाे छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो
  • # तीनजना घाईते
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।