Logo

२०८३, श्रावण ३०गते


images
images

फोहोर व्यवस्थापन

फोहोर व्यवस्थापन नगरेको भन्दै लुम्बिनीका होटल व्यवसायी आन्दोलित 

फोहोर व्यवस्थापन नगरेको भन्दै लुम्बिनीका होटल व्यवसायी आन्दोलित 

images
  • सेतोमसी सहकर्मी
  • फोहोर व्यवस्थापन नगरेको भन्दै लुम्बिनीका होटल व्यवसायी आन्दोलित 
    images
    images

    दिनेश प्रसाद लोध, लुम्बिनी । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० का होटल व्यवसायीहरू आन्दोलित भएका छन् ।

    images
    images
    images

    नगरपालिकाले फोहोर मैलाको व्यवस्थापन नहुदाँ लुम्बिनी बजार, लुम्बिनी विकास कोषको किनार सडक पेटी फोहोरमै बनेको छ । होटलका फोहोरमैला नउठ्दा लुम्बिनी र महिलवा बजार दुर्गन्धित हुन पुगेको छ । गत वर्ष दशैँको बेलामा लुम्बिनीमा फोहोरमैलाले वातावरण दुर्गन्धित भई चारै तिर अलोचाना हुदाँ नगरपालिकाले दशैँको बेलामा लुम्बिनीका सडक पेटी सफा गर्ने, चौक चौकमा गाडि लिएर फोहोर उठाउन लागेको थियो । फेरी सो फोहोर उठाउन बन्द भएपछि लुम्बिनी र महिलवार बजार कुरूप देखिना थालेले पछि होटल व्यवसायिक नगरपालिकाको बाटोमा फोहोर लगेर फाल्ने र फोहोर नउठे कर नतिर्ने व्यवसायीको चेतावनीपछि नगरपालिकाले बोर्ड बैठक बोलाई छिट्टै फोहोरमैला समाधान गर्ने वडा नं १०  का  अध्यक्ष बिनोद कहारले जानकारी दिए  ।

    images
    images
    images

    वडा नम्बर १३ मा फोहोर मैलाका लागि जग्गा छनौट भई सकेको र त्यसको त्यसबाट प्राकृतिक, भौतिक,जैबिक, सामाजिक, आर्थिक प्रणाली, बिच के कस्तो प्रभाव पर्ने छ भनी राय सुझाव पेश गर्नका लागि एकीकृत खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनाले पत्राचार समेत गरेको छ । 

    images
    images
    images

    नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि जग्गा छनौट भइसकेको फोहोरमैला छिट्टै व्यवस्थापन हुने र नगरपालिकालाई सुब्यवास्थित, जनताप्रति उतरदायि हुने गरी काम गरी लुम्बिनीलाई स्वच्छ, सुन्दर बनाउने लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रशासकीय प्रमुख राम प्रसाद ज्ञवालीले बताए  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।