सहबान अन्सारी, नवलपरासी । नवलपरासीमा लागुऔषध सहित १ जना युवक पक्राउ परेका छन । शुक्रवार ईलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी गोवरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सरावल गाँउपालिका वडा नं. ३ पिपरामौवा स्थित अन टेस्ट अपाचे मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलको लेगगार्डमा झुण्डाई ल्याएको बोराको झोलाभित्र आलुसंगै लुकाई छिपाई राखेको नुफिन ३२० एम्पुल, फेनारागन ३२० एम्पुल र डाईजापाम ३२० एम्पुल लागुऔषध फेला परेको हो ।
पक्राउ परेका मोटरसाईकल चालक सरावल गाँउपालिका वडा नं.३ बड्सारे बस्ने २२ बर्षिय शिव चन्द कोईरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले ९४ हजार ७ सय मुल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।
सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरमा भारतबाट नेपाल तर्फ अबैधरुपमा ल्याउदै गरेको बिभिन्न मोबाईल तथा मोबाईलका पार्टपुर्जा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरि टोलीले नियन्त्रणमा लिएको हो ।
उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फालि मोटरसाईकल सहित मानिस भागेका थिए । नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology