Logo

२०८३, आश्विन १२गते


images
images

पहिरोले घर पुरिँदा दोलखामा बालकको मृत्यु, ३ जना बेपत्ता

पहिरोले घर पुरिँदा दोलखामा बालकको मृत्यु, ३ जना बेपत्ता

images
  • पहिरोले घर पुरिँदा दोलखामा बालकको मृत्यु, ३ जना बेपत्ता
    प्रतीकात्मक तस्वीर
    images
    images

    दोलखा । पहिरोले दोलखामा घर पुरिँदा एक बालकको मृत्यु भएको छ।  

    images
    images
    images

    गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बु टोपाटारमा बिहीबार बेलुकी ९ बजे खसेको पहिरोले टोपबहादुर थामीको घर पुरिँदा उनका १५ महिनाका छोरा प्रिन्स थामीको मृत्यु भएको हो।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक राजेश सिग्देलले शुक्रबार बिहान बालकलाई मृत फेला पारिएको बताए।

    images
    images
    images

    पहिरोले दुई घर पुरिएको छ। पहिरोले ६ वटा घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

    पहिरोले घर पुरेको घटना प्रहरीले आज बिहान मात्रै खबर पाएको थियो।

    पहिरोमा पुरिएर ३ जना बेपत्ता छन् भने ३ जना घाइते भएका छन्। ४९ वर्षीय हरिलाल श्रेष्ठ, ६० वर्षीय कृष्णबहादुर मगर र ५० वर्षीया देवी माया मगर बेपत्ता रहेको प्रहरीले जनाएको छ।

    टोपाटारका ४० वर्षीय यज्ञबहादुर थामी, उनकी श्रीमती ३९ वर्षीय धनमाया थामी र बुहारी २२ वर्षीया सिता थामी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि सिंगटी पठाइएको छ।

    बेपत्ताको खोजी गर्न ९ जना नेपाल प्रहरी, २५ जना नेपाली सेना र १२ जना सशस्त्र प्रहरी खटाइएको छ।

    घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको उनले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।