Logo

२०८३, आश्विन १२गते


images
images

पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

images
  • सेतोमसी सहकर्मी
  • पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु
    प्रतीकात्मक तस्वीर
    images
    images

    स्याङ्जा । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर आज बिहान बालकको मृत्यु भएको छ । गल्याङ प्रहरी चौकीका अनुसार गल्याङ नगरपालिका– २ गराङ्दी बस्ने भरत रानाका १४ वर्षीय छोरा युनिक रानाको डुबेर मृत्यु भएको हो ।

    images
    images
    images

    छ जना साथीहरू पौडी खेल्न गएका थिए । राना पानीको रहमा डुबेपछि स्थानीयवासीले गल्याङ प्रहरी चौकीलाई खबर गरेका थिए । बिहान १० : ३० बजे रहमा बेपत्ता भएका रानाको खोजी गर्दा मृत फेला परेका हुन् ।

    images
    images
    images

    रानाको शव परीक्षणका लागि वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पठाइएको गल्याङ प्रहरी चौकीले जनाएको छ । रानासँगै पौडी खेल्न गएका उनका साथीहरूलाई प्रहरीले सोधपुछ थालेको छ ।

    images
    images
    images
     
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालकको मृत्यु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।