Logo

२०८३, श्रावण ३१गते


images
images

ग्रिन पोखरा, क्लीन पोखरा भन्ने मूलनाराका साथ वृक्षरोपण कार्यक्रम सम्पन्न

ग्रिन पोखरा, क्लीन पोखरा भन्ने मूलनाराका साथ वृक्षरोपण कार्यक्रम सम्पन्न

images
  • ग्रिन पोखरा, क्लीन पोखरा भन्ने मूलनाराका साथ वृक्षरोपण कार्यक्रम सम्पन्न
    images
    images

    पोखरा । ग्रिन पोखरा, क्लीन पोखरा भन्ने मूलनारालाई सार्थक बनाउन पोखरा महानगरपालिका वडा ९ न्यूरोडस्थित बुटिक चौतारामा वृक्षरोपण गरिएको छ । झण्डै ४२ बुटिक चौतारामा गोल्डेन धुपी, सल्लो रोपिएको थियो  ।

    images
    images
    images

    महानगर प्रमुख धनराज आचार्यले वृक्षरोपण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए ।

    images
    images
    images

    नयाँ सडक टोल विकास संस्थाको अगुवाइमा संस्थाका कावा अध्यक्ष मनोहर श्रेष्ठ, सचिव कृष्ण मर्सानी, पोखरा ९ वडाध्यक्ष दीपेन्द्र मर्सानी, महानगर प्रवक्ता मोती तिम्सिना, पत्रकार नारायण कार्की, रमेश पौडेल लगायत नयाँ सडक टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यले समेत वृक्षरोपण गरेका थिए ।

    images
    images
    images

    कार्यक्रममा महानगर प्रमुख आचार्यले महानगरलाई सफा राख्ने कार्य महानगरको मात्र नभई सम्पूर्ण नगरबासीको पनि दायित्व रहेको बताए ।

    वृक्षरोपण चिप्लेढुंगादेखि नगरपालिका कार्यालयसम्म गरिएको थियो । वडा ९ को करिब ७ लाख र स्थानीयको जनसहभागिता गरी कुल १० लाखमा बुटिक चौतारा निर्माण गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वृक्षरोपण कार्यक्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।