देवदह । देवदह -७ शितलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले शुक्रवार शितलनगरको दुर्गा मन्दिरको परिसरमा बृक्षरोपण गरेको छ ।
सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ सगरमाथा एनसीसी र सगरमाथा स्काउटका विद्यार्थीहरूको सक्रियतामा वाटिका निर्माण गरी फूल तथा वृक्ष रोपण सम्पन्न गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै ‘समुदायसँग सगरमाथा’ भन्ने नारासहित मन्दिर परिसरमा फूल र वृक्षरोपण गरी संरक्षण पनि विद्यालयले नै गर्ने जिम्मेवारीका साथ अगाडि बढेको बताए ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेल, संस्थापक कल्पलता पौडेल, सह–प्राचार्य लेखनाथ काफ्ले सहित शिक्षक तथा एन सी सी र सगरमाथा स्काउटका विद्यार्थीहरू सहभागी भएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology