देवदह । सगरमाथा आवासीय मा.वि देवदह ७ मा साप्ताहिक कार्यक्रम अन्तर्गत खुला गायन प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा २ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको गायन प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता गरिएको हो ।
उक्त प्रतियोगितामा जुनियर समुहतर्फ कक्षा ५ का शिशिर भण्डारी प्रथम, कक्षा ३ का आरध्या पौडेल द्धितीय, कक्षा ४ कै सरिका आचार्य तृतीय र कक्षा २ कि इसिता थापाले सान्त्वना स्थान हासिल गरे ।
त्यसैगरी सिनियर समुह तर्फ कक्षा १० का साहिल वि क प्रथम, कक्षा ९ मा अध्यनरत जान्वी मास्के द्धितीय, कक्षा ७ की सिम्रन सुनार तृतीय र कक्षा १० का आर्यन पौडेलले सात्वना स्थान हासिल गरेका छन् । छनोट चरण पार गरेका २६ विद्यार्थीहरुको बिचमा प्रतिस्पर्धा गराइएको विद्यालयले जनाएको छ ।
कार्यक्रमका विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले गायन कला मानव जीवनको लागि महत्वपूर्ण कला भएको उल्लेख गर्दै यसले मानवका दुःख, पीडा बिर्साएर अनन्दित तुल्याउने बताए ।
शिक्षक रक्षा केसीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सह–प्राचार्य प्रदिप अधिकारी र शिक्षक राजा प्रधानले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology